Rashtriya Dainik

नवलपरासीका सिमा नाकाबाट दिउँसै हुन थाल्यो चोरी तस्करी

बिनोद निगम / नवलपरासी ,३१ साउन

पश्चिम नवलपरासी सहित ग्रामिण भेगकाे अधिकांश नाकाबाट पहिला भन्दा अहिले तस्करी बढेकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् ।

सीमा नाकामा रहेका सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीले तस्करहरुलाई छुट दिएपछि सिमा क्षेत्र अहिले व्यापक तस्करी बढेको हाे ।

स्थानीयहरुका अनुसार केही दिन अगाडि ठूलो मात्रामा भुजहवामा चामल र मटर सूचनाको आधारमा सुरक्षा निकायले बरामद गरी भन्सार कार्यालय बुझाएको थियो “त्यसको भोलि पल्टै तस्कर हरूले झन् दिउँसै पिकअपका पिकअप चामल,मटर तस्करी भइरहेको देखिने सकिन्छ “समान रोक्नुको साटो झन तस्करी फस्टाएको देखिन्छ । सिमामा खटिने सशस्त्र प्रहरी, नेपाल प्रहरीका चौकी ईन्चार्जकै सेटिङमा तस्करीकाे लाइन खुलेकाे देखिने सकिन्छ ।

सिमावर्ती नवलपरासीकाे भुजहवा, बसहिया,बलिनगर, सनई , गेरमी, हरषपूरा,ध्रमौली पिपरहवा,लगायतकाे नाका भएर तस्करी भइरहेकाे स्थानियहरुले वताएका छन् । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीकै मिलोमतोमा चामल, मटर,कपडा, हार्डवेयरकाे सामान, कुखुराका चल्ला भैंसी बाख्रा लगायतका भारतिय समानहरु नेपाल भित्री रहेका छन् ।

त्यसैगरि प्रतिबंधित औषध र अवैध रुपमा हुने पैसाको कारोबार हुण्डी बढ्दै गएको छ । नवलपरासी लगायत नेपाल–भारत सीमा जोडिएका तराईका अधिकांश जिल्लामार्फत समेत हुण्डीकारोबार हुने गरेको खुलेको छ । पछिल्लो समय नवलपरासीबाट हुण्डी कारोबार गर्ने दजनौ कारोबारी हरु बढेका छन् । जिल्ला नवलपरासीकै सदरमुकाम परासी लाई केन्द्रविन्दु बनाएर हुण्डीको कारोबार भैरहेको प्रत्यक्षदर्शीहरुले वताएका छन् ।

विशेष गरेर दिउँसै, सांझ र विहानकाे समयमा तस्करी भइरहेकाे देखिन छ । तस्करी हुँदै पनि तस्करी नियन्त्रणकाे मुख्य जिम्मेवारी रहेका दुबै सुरक्षा निकायका प्रमुखहरु माैन देखिएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित