Rashtriya Dainik

जग्गाकाे कित्ताकाट खुल्याे

काठमाण्डाै ,३१ साउन

सरकारले रोकिएको कित्ताकाट खुला गर्ने गरी भू–उपयोग नियमावली पारित गरेको छ ।

आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले भू–उपयोग नियमावली स्वीकृत गरेको र यसबाट जग्गाको कित्ताकाट खुला भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो । नियमावली पारित भएसँगै रोकिएको कित्ताकाट, नामसारीलगायत सबै काम खुला भएको उहाँले बताउनुभयो ।

‘जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी अहिलेसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ’, उहाँले भन्नुभयो ।

जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने उहाँको भनाइ छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित