उत्तमकुमार थापा
बझाङ जिल्लाका शिक्षक शिक्षिकाहरु धर्नामा छन ।
अधिकार र कतव्यका लागि शिक्षक एकता नेपाल शिक्षक महासँघ राष्ट्रिय समितिद्वारा सञ्चालीत आन्दोलनमा बझाङ जिल्ला भरिका शिक्षकहरु आन्दोलनमा देखिन्छन ।
आन्दोलन २०८० जिल्ला स्तरीय धर्ना कार्यक्रम नेपाल शिक्षक महासँघ बझाङकाे आयाेजनामा साउन ३० गते ,
नेपाल शिक्षक महासघ जिल्ला अध्यक्ष गङग बहादुर सिहकाे नेतृत्वमा धर्ना कार्यक्रम गरिएको हाे। सिँहले भने, हामी यसपटक देखि २ पटक आन्दोलन गरिसकेको छाै । हामी शिक्षकहरुलाई दुख दिने काम सरकारले गरिरहेकाले तत्काल सच्याउन अनुराेध गर्दछौं ।
धर्नामा उपस्थित शिक्षक महासँघ बझाङका सचिव कविराज जाेशीले भने ,नेपाल सरकारले शिक्षक महासँघ सँग गरेका ३० बुदे र ५१ बुदे सहमति विपरीत हाल शिक्षा ऐन जारी गर्न लागेकाे र सम्पुर्ण शिक्षकहरुकाे हित बिपरित रहेको हुदा आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ ।

आज जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालय अगाडि शिक्षकहरु धर्नामा रहेका थिए । पछिल्लो समय सरकारले शिक्षामा गर्न खाेजेकाे ज्याजती बिरुद्ध शिक्षकहरु सडकमा आउन बाध्य भएको र यसलाई तुरुन्तै सरकारले ध्यानाकर्षण गर्दै शिक्षकहरुकाे हकहितमा काम गर्न अनुराेध गर्दछौं यदि अझै शिक्षकहरु सडकमा आउन नपराेस भन्दै शिक्षक उत्तम मल्लले खराे रुपमा विराेध गर्नु भएको हाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

