Rashtriya Dainik

गाडीको पार्ट पुर्जा सहित श्रीङ्गारको सामाग्री बरामद

अारपि उपाध्याय / नवलपरासी ,३० साउन

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प सेमरी पश्चिम नवलपरासीले पुर्व पश्चिम राजमार्गको बर्दघाट नगरपालिका ४ चिसापानी चोकबाट रात्री बसलाई चेकजाँच गर्दा गाडीको पार्ट र पुर्जा सहित श्रीङ्गारको सामाग्री बरामद गरेको छ।

भैरहवाबाट काठमाडौं तर्फ जाँदै गरेको पश्चिम नेपाल यातायात प्रा.लि.को लु १ ख ८५५७ नम्बरको रात्री बसमा बिल बिजक नभएको अवैध सामाग्री बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक धिरेन्द्र न्यौपानेले जानकारी दिनुभएको छ।

नियमित चेकजाँचको क्रममा सशस्त्र प्रहरी बल नेपाल सेमरी सुरक्षा बेसका सशस्त्र प्रहरी निरीक्षक श्याम कुमार थापाको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोलीले अवैध सामाग्री बरामद गरेको हो।

अवैध सामाग्री बोकि ल्याउने बस र सामाग्रीलाई आवश्यक कारवाहिको लागि महेशपुर भन्सार कार्यालय पठाइएको छ।

सशस्त्र प्रहरी बलद्वारा बरामद गरिएको सामाग्रीहरुमा गमला,काचको गिलास, फेस क्रीम,गाडीको ग्यारबक्स,केही लिक्विट र काजु लगायत रहेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।

बरामद गरिएको अवैध सामाग्रीको मूल्य २ लाख ५२ हजार रहेकोे बताइएको छ।

रुपन्देही र आसपासका ईलाकाबाट अवैधकर्मीहरुले उल्लेखित सामाग्रीहरु चोरी,निकासी गरि ल्याइएको अनुमान गरिएको छ।
दिउँसोको समयमा सुरक्षा चेकजाँच बढी हुने हुँदा अवैधकर्मीहरुले रातिको समयमा रात्री बसको प्रयोग गर्न थालेको गोप्य सुचनाको आधारमा चिसापानी चोकमा लाखौं मूल्य बराबरको अवैध सामाग्री बरामद गर्न सफल भएको ए.पि.एफ. स्रोतले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित