संजय कुशवाहा / नवलपरासी ३० साउन
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं १४ आवास टोल स्थितमा जङ्गली च्याउ खाँदा ४ जना बिरामी भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी अनुसार सोमबार जंगलबाट ल्याएको च्याउ खाएर १५ वर्षीया अनुपमा लोहार , ११ वर्षीय आचल लोहार ,९ वर्षीय अनु लोहार र १३ वर्षीय किसन लोहार बिरामी भएका हुन् ।
बिरामी भएका चारै जनालाई उपचारको लागी सहिद स्मृती सामुदायिक अस्पताल चौपत्तामा ल्याई उपचार गर्दा हालको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।
बिरामी भएका लोहारहरूले कुन प्रकारको च्याउ सेवन गरेको भन्ने कुरा खुल्न नसकेको जिल्ला कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

