बिनोद निगम / नवलपरासी २९सावन
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वाड नं ७ सूर्यपुरा बजारमा रहेको दुर्गा मन्दिरको प्रतिक्षालयमा आज बिहान एक मृत लास फेला परेकाे छ ।
बिहान स्थानीयले नामथर ठेगाना नखुलेकाे अन्दाजी ६५ बर्षका देखिने पुरूषकाे मृत लास देखेपछि प्रहरी चौकी गुठि प्रसौनिमा खबर गरेका थिए
तत्काल चौकीबाट प्र.स.नि. बिकाउ साह को कमाण्डमा ३ जनाको टोली घटनास्थल पुगी हेर्दा बाहिरी घाउ चोटपटक तथा कुनै संकास्पद नदेखिए पश्चात थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय बेलाटारीबाट प्रहरी निरीक्षक श्याम प्रकाश यादवको कमाण्डमा SOCO टोली सहित ७ जनाको टोली घटनास्थल पुगेकाे थियाे ।
स्थानिय संग बुझ्दा मृतक मागी खाई हिड्ने र ६/७ दिन अगाडी देखी नै मन्दिरमा बस्दै आएको भारतीय नागरिक रहेको भन्ने बुझिएको भएपनि थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी भाेजराज पाण्डेले बताएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

