Rashtriya Dainik

अविरल वर्षाको कारण गण्डक ब्यारेज पुलमा पानीको सतह खतराको निसानभन्दा माथी

अारपि उपाध्याय / नवलपरासी , २९ साउन

एक साता पुर्वदेखि परेको अविरल वर्षाको कारण पुर्वी नवलपरासी अन्तर्गत गण्डक ब्यारेज पुलमा पानीको सतह खतराको निसानभन्दा माथी पुगेको छ।

नेपाल भारत अन्तर्राष्ट्रिय सिमानामा रहेको गण्डक ब्यारेजमा ३६ ढोका मध्ये सबै ढोकाहरु खोलिएको छ। गण्डक ब्यारेजमा पानीको सतह ३ लाख ३५ हजार क्युसेक रहेकोे जल मापन केन्द्र भारत विहार वाल्मीकि नगरले जानकारी दिएको छ।

गण्डक नदीमा पानीको बहाव क्रमिक रुपमा बढ्न थालेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा न.३,४,५ र आसपासका ईलाका उच्च जोखिममा परेको सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले बताउनु भएको छ।

सुस्ता गाउँपालिकाको रेवा,नर्सही, पक्लिहवा र रामनगर लगायत क्षेत्रमा पानीको सतह बढ्न थालेपछि त्रास बढेको छ भने केहि व्यक्तिले बाढीको अवस्था नजरअन्दाज गरि दाउरा निकाल्ने कार्य पनि गरिरहेको पाइएको छ।

नदीमा पानीको सतह बढन थालेपछि सशस्त्र प्रहरी बल नेपाल २६ न. गण पश्चिम नवलपरासीले हुन सक्ने जोखिमको न्यूनीकरण गर्न पुर्व तयारीको लागि मातहतका युनिटलाई उच्च सतर्कतामा राखेको गणपति सशस्त्र प्रहरी उपरीक्षक धिरेन्द्र न्यौपानेले जानकारी दिनुभएको छ।

जिल्ला अन्तर्गतका सबै पालिकाहरुमा नदी,पहाडी खोला र जल जमावको अवस्था बढ्ने क्रममा रहेकोले सबैमा सुरक्षित रहन अपिल गर्दै आउने विपदबारे सुरक्षा निकायलाई जानकारी गराउन पनि सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेले बताउनुभयो।
जिल्ला अन्तर्गतका प्रस्तावित सिमा सुरक्षा गुल्म, सुरक्षाबेस र बि.ओ.पि. लाई उच्च सतर्कतामा राखिएको बताइएको छ।
त्यसैगरी पहाडी खोलामा पानीको बहाव बढेर सुस्ता २ को महलबारी,फेचुवा र छिबनी लगायतका ठाउँहरुमा जल जमावका साथै खोलाको पानी पसि खेतमा लगाइएको करिब १२ सय विगाह धान र उखु बाली डुबानमा परेको पनि जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित