Rashtriya Dainik

गदर- २ को बक्स अफिसमा शानदार कमाई

काठमाडौँ । बलिवुड फिल्म गदर- २ ले घरेलु बक्स अफिसमा दोस्रो दिनपनि शानदार कमाई गरेको छ । गदर- २ ले भारतीय बक्स अफिसमा दोस्रो दिन ४३ करोड भारु कमाई गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।

फिल्मले रिलिजको पहिलो दिन शुक्रबार ४० करोड कमाई गरेको थियो । शुक्रबार र शनिबार गरि फिल्मले दुई दिनमा कुल कमाई ८३ करोड १८ लाख भारू गरेको छ । फिल्मले रिलिजको पहिलो साता नै २०० करोडसम्म कमाई गर्न सक्ने अनुमान गरिएको छ ।

सन्नी देओल र अमिषा पटेलको प्रमुख भूमिका रहेको गदर- २ ले बलिवुडको बक्स अफिसलाई लयमा फर्काएको विश्वास गरिएको छ । कोरोना महामारीपछि सिनेमा घर खुलेपछि धेरै कम फिल्मले मात्र बक्स अफिसमा सुपरहिटको दर्जा पाएका छन् ।

त्यस्तै शुक्रबार नै रिलिज भएको अक्षयकुमारको फिल्म ओएमजी-२ ले पनि रिलिजको दोस्रो दिन शानदार कमाई गरेको छ । ओएमजी- २ ले दोस्रो दिन १५ करोड ३० लाख भारु कमाइ गरेको तरण आदर्शले बताएका छन् ।

फिल्मले पहिलो दिन १० करोड २६ लाख कमाई गरेको थियो । ओएमजी -२ ले दुई दिनमा २५ करोड ५६ लाख कमाई गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित