Rashtriya Dainik

पर्सा प्रहरीद्वारा लागूऔषध सहित ५ जना पक्राउ

वीरगंज २७ श्रावण
पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषध सहित ५ जनालाई पक्राउ गरेको छ।
प्रहरीले छुट्टाछुट्टै ठाऊबाट ठुलो मात्रामा प्रतिबन्धित लागूऔषध सहित ३ जना भारतीय र २ जना नेपाली नागरिक गरि ५ जनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेका प्रहरी चौकी ईनार्वाका प्रमुख एवम बरिस्ठ प्रहरी नायब निरीक्षक संतोष केसीको कमान्डमा खटिएको प्रहरी टोलीले भारतबाट वीरगंज तर्फ ३ जना संकास्पदरुपमा हिडि आउदै गरेको अवस्थामा रोकी चेकजाँच गर्दा प्रतिबन्धित लागू औषध ४७९ एम्पुल, फेनारगन ४७९ र नुरफिन ४८० एम्पुल सहित ३ जनालाई पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो।
त्यसैगरि पर्साको स्वर्णपुर वर्णमाला स्कुल नजिक सडकखण्डमा प्रहरी चौकी स्वर्णपुर र प्रहरी चौकी महादेव पर्टीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको २ जना शंकास्पद ब्यकीलाई रोकी चेकजाँच गर्दा ती व्यक्तिहरुले बोकेको कपडाको झोलाबाट प्रतिबन्धित लागू औषध NITRAVET-10 लेखिएको NITRAZEPAM TABLETS २० पत्तामा प्रति पत्ता १५ का दरले ३००(तिन सय) र १ पत्तामा १४ गरी जम्मा ३१४ पिस ट्याव्लेट फेला परेको र १६ बर्षीय किशोरले लगाएको लेदर जस्तो देखिने कालो ज्याकेटको दाहिने गोजीमा कालो प्लाष्टिकको पोकामा बेरिएको अवस्थामा लागू औषध गाँजा जस्तो देखिने अं. ५० ग्रांम सहित नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक शाहले बताउनुभयो ।
पक्राउ पर्नेमा भारत विहार जि.मोतिहारी ग्राम रामगढवा बस्ने वर्ष ४० को हेमताज आलम, वर्ष २० को अजित कुमार मलाह, ऐ.ऐ.बस्ने वर्ष २० को ईमतिहान आलम र पर्सा ठोरी गा.पा.वडा नं.३ बस्ने वर्ष १९ को सचिन सहितलाई लागूऔषध कसूरमा मुद्दा चलाएको पर्साका एसपी शाहले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित