Rashtriya Dainik

नेपाली जनताले चाहे देशमा परिवर्तन सम्भव छ : रवि लामिछाने

अारपि उपाध्याय / नवलपरासी , २७ साउन

नेपाली जनताले चाहे देशमा परिवर्तन सम्भव रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले बताउनुभएको छ ।

रास्वपाले शनिबार पश्चिम नवलपरासीको बर्दघाटमा आयोजना गरेको क्षेत्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपालाई हुरी चले जस्तै आएको भन्ने भावना सबै दलमा रहेको बताउदै रास्वपा जनताले चाहेरै उदाएको बताउनुभयो ।

एक फरक प्रसंगमा बोल्दै रास्वपा सभापति लामिछानेले मधेशको हक अधिकारको सवालमा आफु र आफ्नो पार्टीले सधै समर्थन जनाउदै आएको बताउनुभएको छ ।
सभापति लामिछानेले उखु किसान, मिटर ब्याज लगायत मधेशका विभिन्न समस्याहरुमा रास्वपाले मधेशीहरुको हरेक मुद्दालाई सम्बोधन गर्न अग्रपंक्तीमा रहेर आवाज उठाउदै आएको जिकिर गर्दै लामिछानेले सुस्ता समस्याको लागी पनि पहल गरिरहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै लामिछानेले पार्टीका कार्यकर्ता पाल्ने थलोको रुपमा रहेको प्रदेश सरकारलाई खारेज गर्नुपर्ने माग राख्दै आएको बताउदै गत प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले यसै कारण भाग नलिएको समेत प्रष्ट पार्नुभएको छ ।

काण्डै काण्डले भरिएको हाम्रो देशमा सरकारले मसिनो गरी छानबिन गर्नसके मुख्य दलका अधिकांश नेताहरू जेलमा जानसक्ने तर्फ संकेत देखिएको बताउनु भयो । लामिछानेले सरकारले सबै काण्डको छानबिन गर्ने हिम्मत राख्नुपर्ने बताउँदै उनले ललिता निवास, सुन प्रकरण र भुटानी शरणार्थी लगायतका काण्डमा सुक्ष्म रुपमा छानबिन हुने हो भने औंलामा गन्नसक्ने नेता मात्र बाँकी रहने धारणा राख्नु भयो ।
सभापति लामिछानेले भरतपुरमा सञ्चालन गरेको ब्लु बसको बिरोध गर्नुको कुनै अर्थ नभएको समेत बताउदै देशमा दल र नेतृत्वको अभाव नभएर नेतृत्वमा इमान्दारिताको अभाव भएको बताउदै यो देश सतीले सरापेको नभई जुकाहरूले चुसेको कारण बिग्रिएको जिकिर गर्दै रास्वपाले सदनमा हरेक दिन खबरदारी गर्दै आएको समेत क्षेत्रीय भेलामा प्रष्ट पार्नुभयो।
सम्पन्न क्षेत्रीय भेलाको अध्यक्षता पार्टीका जिल्ला संयोजक मदन राज पौडेलले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित