Rashtriya Dainik

सरावलमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रक्तदान कार्यक्रम , ३० जनाले गरे रक्तदान

राष्ट्रिय दैनिक / नवलपरासी ,२७ साउन

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ बडहरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल रेडक्रस साेसाईटी बालपुरी उपशाखाकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हाे ।

साेसाईटीका अध्यक्ष सन्जय माेैर्याकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडि प्रसाद चाैधरीकाे प्रमुख अतिथतामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चाैधरीले तपाईले प्रदान गरेको अमुल्य रगतले कसैको जीवन वचन सक्छ भन्ने मुल नाराका साथ आयाेजना गरिएको रक्तदान कार्यक्रमले मानव जीवन रक्षाका लागि महत्त्वपूर्ण भुमिका खेलेको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बडहरा दुबाैलिया आय आर्जन बचत तथा ऋण सहकारी संस्था लि. काे आर्थिक सहयोगमा सम्पन्न भएको रक्तदान कार्यक्रम महादानकाे रुपमा सावित भएको बताए । साथै रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुले मानव रुपि जिवनमा थप उर्जा सहित जीवन रक्षाका निम्ति सहयोग गर्नुभएकोमा सम्पूर्णलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि पालिका उपाध्यक्ष बासमति हरिजन, नेपाल रेडक्रस साेइटी जिल्ला सभापति राजेन्द्र प्रसाद अग्रहरी ,वडा नम्बर ५ लक्ष्मण प्रसाद चाैधरी,दिनेश सहानी,अर्जुन क्षेत्री,ईन्द्रकमल यादव र पत्रकार उमेश बिक लगाएतकाे उपस्थिति रहेको थियोे ।


नेपाल रेडक्रस साेसाईटी नवलपरासी जिल्ला शाखाकाे प्राविधिक सहयोग र नेपाल रेडक्रस साेसाईटी रामपुर खडाैना उपशाखाकाे समन्वय तथा बालपुरी उपशाखा सदस्य जन्मेजय यादवकाे कार्यक्रम संयाेजकतामा सम्पन्न भएको कार्यक्रममा १ जना महिला सहित ३० जनाले रक्तदान गरेको थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित