Rashtriya Dainik

निर्माण भएको एक महिना न हुदै चुईन थाल्यो कुश्मा स्वास्थ्यको नयाँ भवन

रंजीत शर्मा/ नवलपरासी ,२७ साउन।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० मा सम्पन्न कुश्मा स्वास्थ्य चौकीको नया भवन निर्माण कार्य एक महिना न वितिदै चुईन थालेको छ।

पशुपति निर्माण सेवा रामग्राम ३ परासीको ठेक्का सम्झौता गरेको थियो। प्रदेश समापुरक बजेटबाट कुश्मा स्वास्थ्य चौकीको नया भवन बनाउन मिति २०७९ फाल्गुन २१ गते सम्झौता गरी २०८० जेष्ठ ३० सम्मपन गर्नु थियो ।

प्रदेश सरकारबाट यस कार्यको लागि रु. ५८ लाख बजेट विनियोजन भए पनि यीविडीको माध्यमबाट पशुपति निर्माण सेवाले २२ लाख कममा भर्दै ३६ लाख ७८ हजार ३ सय ३ रूपयाँमा सम्झौता गरेको थियो।

सम्झौता मिति सकेको २४ दिन पछि छतको ढलान गरिएको थियो। निर्माण गरिएको यो एक तल्ले भवनको आधा भन्दा बढि छत चुएको छ भने विममा कमसल सामाग्रीको प्रयोगको कारणले मसला आफै छोड्न थालेको छ।

कुश्मा स्वास्थ्य चौकीको पुरानो भवन विगत ५ वर्ष देखि चुईन थाले पछि नया भवनको रूपमा यो भवन निर्माण गरिएको थियो।तर उक्त भवनमा भरायाङ र शौचालय समेत व्यवस्था न भएको देखिएको छ। यति मात्र न भई यस भवनको छतको किनारामा ५ इन्चको ढलाई गरिएको छ भने बीचमा जम्मा ३ देखि ४ इन्च जम्मा ढलान गरिएको छ।

यस विषयमा गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दीपक) संग बुझ्दा ठेकदारलाई कारवाही गर्दै पुनः निर्माणको लागि मौखित आदेश दिएको बताएका छन्।उपाध्यक्ष फतुमा खातुन अन्सारी (सकिना) संग बुझ्दा यस विषयमा छलफल भई रहेको बताइन्।

त्यस्तै प्रमूख प्रसाशकिय अधिकृत कृष्ण प्रसाद तिमिन्सेना संग बुझ्दा यस विषयमा छलफल गरी निर्माण लिने बताए। त्यस्तै गाउँपालिकाका इन्जिनियर उमेश शर्मा यस विषयमा बुझ्न खोज्दा खाई कसरी भयो भनेर जवाब दिन आनाकानी गरी रहेका थिए।

जवाबदेहिता भूमिका कसैको न दिएकोले यसमा व्यापक भष्टाचार भएको स्थानियले आरोप लगाएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित