Rashtriya Dainik

लुम्बिनी विकास कोषकाे कार्यालय काठमाडौँ खोल्ने निर्णय

राष्ट्रिय दैनिक / रुपन्देही ,२६ साउन

लुम्बिनी विकास कोषकाे कार्यालय काठमाडौँ निर्णय भएको छ। विवादका बीच लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएका ल्हारक्याल लामाको पहिलो निर्णय नै विवादित भएको छ ।

उनकै अध्यक्षतामा लुम्बिनीमा बसेको बैठकले कोषको सम्पर्क कार्यालय काठमाडौँ खोल्न प्रक्रिया थाल्ने निर्णय गरेको छ । उपाध्यक्ष लामाले मायादेवी मन्दिरको जीर्णोद्धारका लागि व्यक्तिगत ७ करोड सहयोग गर्ने लोकप्रिय निर्णय गरे । तर, सोही बैठकको दोस्रो निर्णय भने स्थानीयका लागि चरम अप्रिय बन्न पुग्यो ।

केही समय अघि मात्र कोषको काठमाडौँमा रहेको सम्पर्क कार्यालय बन्द गरी सबै काम लुम्बिनीकै कार्यालयबाट गर्ने सरकारको निर्णय थियो । तर, लामा उपाध्यक्ष भएको पहिलो बैठकमै सम्पर्क कार्यालय काठमाडौँमै खोल्न प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ । जसको स्थानीय राजनीतिक दल, जनप्रतिनिधिहरूले आलोचना गरेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित