Rashtriya Dainik

नवलपरासीबाट चामल र मटर पक्राउ

राष्ट्रिय दैनिक / नवलपरासी ,२६ साउन

पश्चिम नवलपरासीको सिमावर्ती क्षेत्रमाबाट चामल र मटर बरामद गरिएको छ।

सरावल गाउँपालिका ७ भजहवा दसगजा नजिक चावल ३५४ बोरा र मटर १३० बोरा भारतबाट अबैध रुपमा भंसार छलेर ल्याइने क्रममा बरामद गरिएको हाे।

नेपाल प्रहरीको संयुक्त टोली ईलाका प्रहरी कार्यालय महेशपुर ,भुजहवा प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय नवलपरासीको संयुक्तरूपमा पक्राउ गरेर महेशपुर भंसार कार्यालयमा आवश्यक कार्यवाहीको लागी पठाइएको छ। हाल पश्चिम नवलपरासीमा तस्करहरुकाे बिगबिगी बढेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित