Rashtriya Dainik

तिलोत्तमाकाे मोक्षधाममा चित्रकला कलायात्रा कार्यशाला सम्पन्न

राष्ट्रिय दैनिक / रुपन्देही ,२६ साउन

रुपन्देहीको तिलोत्तमामा रहेको मोक्ष धाममा एक दिने चित्रकला कलायात्रा कार्यशाला सम्पन्न भएको छ ।

पश्चिम नवलपरासी घर भई काठमाण्डौंमा विके आर्ट ग्यालेरीको नामले चर्चित वरिष्ठ कलाकार नरवहादुर वि.क काे अध्यक्षता तथा मोक्षधामकाे अध्यक्ष राेमणी प्रसाद पाठककाे प्रमुख आतिथ्यतामा कला यात्रा सम्पन्न भएको हाे।

वरिष्ठ कलाकार नरवहादुर वि.क का अनुसार रुपन्देही जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुको चित्र वनाएर काठमाण्डौंमा हुने आर्ट प्रदर्शनीमा राख्ने लक्ष्य रहेको बताउनु भयो । उहाँले देशभरका कलाकारबीच हार्दिकता वढाउने, सिक्ने सिकाउने काम निरन्तर गर्न कला यात्राको थालनी गरिएको बताउनु भयो ।

यसैगरी नवलपरासी घर भई बुटवलमा गोल्डी आर्टको नामले उद्यम गरिरहनु भएका वरिष्ठ कलाकार मन गोल्डीले कला यात्राले विभिन्न क्षेत्रमा रहेर काम गर्ने कलाकारहरुलाई जोड्ने काम गरेको बताउनु भयो । उहाँले विभिन्न स्थानीय तहमा रहेका धार्मिक एवं पर्यटकीय क्षेत्रको चित्र बनाएर प्रदर्शन गर्न सके आन्तरिक र वाह्य पर्यटनको विकास गर्न सकिने बताउनु भयो ।

विहिवार रुपन्देहीको तिलोत्तमा मोक्ष धाममा संचालित एक दिने कला यात्राको विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुले अवलोकन गरेका थिए । यसैबीच रामग्राम नगरपालिका नगरप्रमुख धनपत यादवले पनि कला यात्राको अवलोकन गर्दै आगामी दिनमा रामग्राम स्तुपा र पंण्डीतपुर क्षेत्रको प्रचार प्रसारकालागि कला यात्रासँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको बरिष्ठ कलाकार मन गोल्डीले बताउनु भयो ।

कला यात्रामा नवलपरासी, रुपन्देही, कपिलवस्तु र अन्य क्षेत्रका पनि चित्रकार, मुर्तिकार र अन्य कलाकारहरुको उपस्थिति रहेको थियो । यस अघि लुम्बिनीमा पनि कला यात्राले काम गरिसकेको छ । यसैबीच कार्यक्रममा बरिस्ठ कलाकारहरू मन गाेल्डी एच बि रम्तेललाई सम्मान गरिएकाे छ ।

चित्रकला कलायात्रा कार्यशालामा देशका विभिन्न क्षेत्रबाट २० भन्दा बढी जम्मा भएका कलाकारहरुको जमघट र उनीहरुद्धारा गरीने लाइभ आर्टलाई कला यात्रा भनिएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित