Rashtriya Dainik

नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सबको अवसरमा वृक्षाराेपण

अारपि उपाध्याय / नवलपरासी , २६ साउन

नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सबको अवसरमा ईलाका प्रहरी कार्यालय त्रिवेणी पुर्वी नवलपरासीको आयोजनामा कार्यालय बाउन्ड्री भित्र वृक्षाराेपण गरिएको छ ।

“वातावरण बचाऔ , हरियाली बढाऔ” भन्ने मुल उदेश्यका साथ वृक्षाराेपण गरिएको हो ।

वृक्षाराेपण कार्यक्रमको उदेश्य माथी प्रकाश पार्दै ईलाका प्रहरी कार्यालय त्रिवेणीका प्रमुख एवं वरिष्ठ सब इन्स्पेक्टर प्रेम बहादुर बिष्टले कार्यालय परिसरको सुन्दरता बनाउनुका साथै हरियाली बढाउने कार्यमा वृक्षाराेपण फलदायी रहने बताउदै शान्ती सुरक्षा कार्यलाई भरपर्दो र विश्वसनीय रुपमा अगाडि बढाउने कार्यमा प्रहरी जनशक्ति कृयाशिल रहेको धारणा राख्नु भयो ।

सो अवसरमा विनयी त्रिवेणी ६ का वार्ड अध्यक्ष नुरेन्द्र शाहले वृक्षाराेपण कार्यको शुभारम्भ गर्दै लगाइएको बिरुवालाई संरक्षण गर्नु सबैको कर्तब्य रहेको बिचार व्यक्त गर्नुभयो ।
वृक्षारोपण कार्यक्रममा वार्ड न. ७ का वार्ड अध्यक्ष उमेश कार्की लगायत वार्ड न. ६ र ७ का वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।


नारायणी नदिको किनार स्थित ईलाका प्रहरी कार्यालय त्रिवेणीको परिसरमा लगाइएको बिरुवाबाट वृक्षाराेपणको सन्देश ग्रामीण तहसम्म फैलिने तथा बिरुवा लगाउन सचेतना बढ्ने बिश्वास गरिएको छ । प्रहरी परिसरमा लगाइएको बिरुवाहरुमा आँप. लिची कटहर लगायत ५० को संख्या मा बिरुवा रहेको ईलाका प्रहरी कार्यालय त्रिवेणीले जानकारी दिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित