Rashtriya Dainik

नेपाली काङ्ग्रेस पार्टीकाे आन्तरिक विषेश अभियान सम्पन्न

महेश यादव
नेपाली काङ्ग्रेस पार्टीकाे आन्तरिक विषेश अभियान सम्पन्न भएको छ ।
कर्णाली प्रदेशको सुर्खेतमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिकाे आयाेजनामा आन्तरिक विषेश अभियान सम्पन्न भएको हाे ।
पार्टीका जिल्ला सभापति खड्ग बहादुर पाेखरेलकाे अध्यक्षता तथा सुर्खेतका लागि केन्द्रीय प्रतिनिधि पार्टीका केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेलकाे प्रमुख अतिथतामा पार्टीकाे आन्तरिक विषेश अभियान सम्पन्न भएको थियो ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि कण्डेलले पार्टी भित्रकाे गुटबन्दीकाे अन्त गर्नुपर्नेमा जाेड दिएका थिए । साथै आन्तरिक विषेश अभियानले पार्टी भित्रकाे गुटबन्दी लाई अन्त गर्दै समानता कायम गर्ने बताए । यसले सिङ्गो नेपाली काङ्ग्रेस पार्टीले देश प्रति निर्वाह गर्ने भुमिका र पार्टी कार्यकर्ताले बहन गर्नुपर्ने जिम्मेवारी लाई समेत बाेध गराएकाे भन्दै कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको हुदा धन्यवाद समेत दिनुभएको थियोे ।


नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको निर्देशन अनुरुप देशका ७७ वटै जिल्लामा पार्टी भित्रकाे आन्तरिक विषेश अभियान कार्यक्रम सुरु भए संगै सुर्खेतमा सम्पन्न भएको कार्यक्रम प्रदेश महामन्त्री निरन्जन केसिकाे विशिष्ट अतिथता र जिल्ला सदस्य ,पदाधिकारी ,क्षेत्रीय सभापति,महाधिवेशन / महासमिति सदस्य लगाएतकाे अतिथिहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित