राष्ट्रिय दैनिक / नवलपरासी , २५ साउन
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले आँखा पाक्ने रोगको निकुल्क औषधी वितरण गरेको छ ।
विगत केही दिन देखि समुदायमा व्यापक रुपमा आँखा पाक्ने रोग फैलिरहेकोले उक्त रोगबाट बच्नका र बचाउनका लागि निशुल्क औषधी वितरण गरिएको पालिका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकले जानकारी दिनुभएको छ।
आँखा पाक्ने रोगबाट बच्नका लागि आँखा छुनु भन्दा पहिला राम्ररी साबुन पानीले हाथ सफा गर्ने , सफा पानीले आँखा सफा गर्ने, अरुले प्रयोग गरेका तौलिया,रुमाल प्रयोग नगर्ने,व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिन अनुरोध समेत अध्यक्ष गुप्ताले गरेका छन ।
अहिले पनि प्रत्येक वडाका स्वास्थ्य चौकीमा निशुल्क आँखा पाक्ने रोगको औषधी उपचार भईरहेको पालिका उपाध्यक्ष फातुमा खातुन अन्सारीले जानकारी दिनुभयो ।
उपाध्यक्ष अन्सारीले यश राेगबाट वच्न हातको सरसफाइ र सामाजिक दुरी कायम गर्न पालिका बासि सबैलाई अनुरोध समेत गर्नुभएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

