उमेश बि.क / नवलपरासी , २५ साउन
नेपाल महिला संघको ७६ औँ स्थापना दिवशमा महिला संघ नवलपरासीले सुनवल ५ मा बनकट्टीमा बृक्षारोपण गरेको छ ।
महिला संघ जिल्ला समितिले बुधबार एक कार्यक्रमको आयोजना गरि बृक्षारोपण गरेको हो ।
महिला संघ नवलपरासीकी अध्यक्ष तारा भण्डारीको अध्यक्षता एवं केन्द्रिय प्रतिनिधि तथा केन्द्रिय सदस्य उमा रेग्मीको प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलकाे विशिष्ट आतिथ्यतामा विभिन्न जातका विरुवाहरु रोपीएको थियो ।
कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि रेग्मीले महिला अधिकार तथा महिलावादमा केन्द्रित राजनीतिक संगठन स्थापना भएको यो दिनलाई नै राजनीतिमा नेपाली महिलाहरुको प्रवेशका लागि कोषेढुङ्गा तथा आधारस्तम्भका रुपमा लिन सकिने बताउनुभयो । चुलो चौकामा मात्र सीमित न रहि महिला राजनीति रुपमा सक्रिय भई अगाडि बढ्न आग्रह गर्नुभएको हाे ।

त्यस्तै केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले पछिल्लो समयमा महिलाहरु पनि राजनीतिमा नेतृत्व तहमा आएको बताउनुभयो थियो । वडा , पालिका , प्रदेश देखि संघसम्म महिलाले नेतृत्व गर्ने अवसर मिलेको बताउनुभयो ।महिला र पुरुष दुवैले एक अर्कालाई सहयोग गरि अघि वढ्नु पर्ने बताउदै पुरुष सरह महिलाहरुको पनि उत्तिकै योगदान र भुमिका रहेने उल्लेख गर्नुभएको थियो ।
त्यस्तै सांसद बिनाेद चाैधरीले सामाजिक, आर्थिक क्षेत्रमा पछाडि परेका महिलाहरुलाई पनि राजनीतिक क्षेत्रमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।अबको युग महिलाको युग रहेको बताउदै महिला कमजोर नरहेको भन्दै हिम्मतका साथ अघि बढ्न आग्रह गर्नुभयो । नेता चाैधरीले नेपाल महिला संघले महिला सशक्तीकरणका लागि महत्वपूर्ण भूमिका खेल्दै आएकोबारे धारणा ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा महिला संघ केन्द्रिय सदस्य कमला तिवारी पराजुली ,प्रदेशसभा सदस्य देवकरण कलवार,प्रदेशसभा सदस्य बैजनाथ जैसवाल,जिल्ला वरिष्ठ नेता मोहन शर्मा ,क्षेत्र नं २ का सभापति माधव पाण्डे लगाएतले महिला अधिकार तथा महिलावादमा केन्द्रित राजनीतिक संगठन स्थापना भएको यो दिनलाई नै राजनीतिमा नेपाली महिलाहरुको प्रवेशका लागि कोषेढुङ्गा तथा आधारस्तम्भका रुपमा लिन सकिने बक्ताहरुले मन्तव्य राख्नुभएको थियो ।

महिलाको हकहितका लागि २००४ सालमा स्वर्गीय मंगलादेवि सिंहको अगुवाईमा स्थापना भएको नेपाल महिला संघकाे स्थापनामा याे दिवस मनाइदै आएकाे छ।
प्रजातान्त्रिक, लोकतान्त्रिक तथा गणतान्त्रिक राज्य व्यवस्था एवम् मूल्य पद्धतिको स्थापनाको लागि महिला नेतृ स्व. मंगलादेवी सिंहको सकृयतामा वि.सं. २००४ सालमा नेपाल महिला संघको स्थापना भएको थियो । २००४ साल श्रावण २४ गते तदनुसार १९४७ अगष्ट ८ का दिन मंगलादेवी सिंहको सक्रियतामा भेडासिंस्थित चिनियालाल श्रेष्ठको घरमा भूमिगत रुपमा महिला भेला भई मंगलादेवी सिंहको अध्यक्षतामा नेपाल महिला संघको पहिलो ११ सदस्यीय तदर्थ कार्यसमिति गठन भएको थियो । नेपाल महिला संघले यसैलाई आफ्नो स्थापनाको मिति मान्दै आएको छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

