उमेश बि.क / नवलपरासी ,२५ साउन
आँखा पाक्ने (कन्जक्टिभाइटिस एनिडो भाइरस) रोगको प्रकोप बढेपछि सरावल गाउँपालिकाले दुई दिनको लागी विद्यालय बन्द गरेको छ ।
आँखा पाक्ने रोगका कारण विद्यार्थी अनुपस्थित हुन थालेपछि बिहीबार र शुक्रबारका लागि विद्यालय बन्द गरिएको पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनु भयो ।

संक्रमण तीव्र गतिमा फैलिरहेकाे र संक्रमित बालबालिकाबाट अन्य विद्यार्थीमा पनि सर्ने खतरा देखिएपछि विद्यालय बन्द गरिएको अध्यक्ष चाैधरीले बताउनु भयो ।
पालिकाले निमित्त प्रमुख प्रशासकीय अधिकृत देशकान्त बस्यालकाे हस्ताक्षरित सुचना निकाल्दै हिँउदे वा अन्य बिदाबाट मिलान हुनेगरी दुई दिन बिदा दिएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

