Rashtriya Dainik

छोरीलाई करणीको आरोपी फरार ,खोजतलास जारी

राजन चौधरी / रुपन्देही ,२५ साउन

रुपन्देहीकोमा आफ्नै बुवाले छाेरीलाई करणी गरेको अाराेप लागेको छ।

३१ वर्षीय लक्ष्मण सुनारले १३ वर्षीय नाबालिक कमला सुनार (नाम परिवर्तन) छोरीलाई आमा नभएको वेलामा बलात्कार गर्ने गरेको पीडितको आमा सानी सुनार (नाम परिवर्तन) ले जानकारी दिनुभएको छ।

छोरीलाई बिगत देखि नै पटक पटक बलात्कार गर्दै आएको आरोप किशोरीका आमाले लगाएकी छिन्।

पीडित बालिकाको आमाले दोस्रो बिवाह गरेको छोरी पहिलो श्रीमानकाे हो।छोरीलाई पहिलो श्रीमान संग छोडेर आएकी थिइन ।उता छोरीलाई दुख भयो भनेर श्रीमानले भने पछि दुवैजनाकाे सल्लाहमा चार महिनादेखि सो बालिका आफ्नो आमा सँग बसोबास गर्दै आएकी थिइन्।

यही असार देखि डरधम्की दिदै आफ्नो आमा नभएको मौका छोपी पटक पटक बलात्कार गर्दै आएको बालिकाले बताइन्।

हाल आरोपी फरार भएको स्थानीय टोल विकास संस्थाका अध्यक्ष शिवु सुनारले बताए।

इलाका प्रहरी कार्यालय रन्यौरामा उजुरी गरिएको र दाेषीको खोजतलास भैरहेको शिवु सुनारले बताए।

दाेषीको आमाले छोरा भनेर हुदैन अपराधीलाई पक्राउ गरि कारबाही गर्नुपर्छ भनेर बताउनु भएको छ।नाबालिकाले न्याय पाउनैपर्छ।अपराधीलाई खोजतलासका लागि आफु पनि लागि परेको बताइन्।

सो अभियुक्तकाे खोजतलासका लागि छुट्टै टोली पठाइएको छ।अभियुक्तलाई छिटोभन्दा छिटो पक्राउ गरि कारबाही गरिने ईलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख जीवन लामिछानेले बताउनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित