सल्यान ,२४ साउन
सल्यानमा छोराको लाठी प्रहारबाट आमाको मृत्यु भएको छ ।
जिल्लाको शारदा नगरपालिका १३ माथिल्लो सल्यानचौरका २३ बर्षीय नवीन भण्डारीले आफ्नै आमा ४८ बर्षीय शारदा भण्डारिको लाठी प्रहार गरी हत्या गरेका छ्न ।
मंगलबार बिहान ४ बजेको समयमा आमाबुबा सुत्ने कोठामा गएर एक्कासी पैंयाको लठ्ठीले टाउकोमा हान्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
हत्या गर्ने भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिई आवस्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी सूचना अधिकारी तथा प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभयाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

