Rashtriya Dainik

जान्कीटोला गण्डक नहरमा अज्ञात महिलाको शव वेवारिसे अवस्थामा फेला

राजन कुमार बानिया / पर्सा ,२४ साउन

पर्साको सिमावर्ती जगरनाथपुर गाउँपालिका वडा नं २ जानकिटोला गण्डक नहरमा अाज एक महिलाको शव फेला परेको छ।

गण्डक नहरमा महिलाको शव देखे पछी स्थानियहरुले प्रहरीलाई खबर गरेपछी घटना स्थलमा ईलाका प्रहरी कार्यालय जानकिटोलाको बरिष्ट सई अशोक बस्नेत कोटोली पुगी सो महिलाको शवलाई फेला पारि अाफ्नो नियन्त्रण लिएको हो। फेला परेको शवको पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक मोहन बिक्रम केसीले जनाएका छन ।

गण्डक नहरमा बगाएर अाएका करिब ३७ वर्षिय महिला रहेको र भारतिय हुन सक्ने अाशंका गरिएको प्रहरीले जनाएका छन।

बरामद महिलाको शव लाई पोस्टमार्टमका लागि नारायणी अस्पताल बिरगंजमा पठाएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कोमल साहले जनाएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित