अारपि उपाध्याय / नवलपरासी , २३ साउन
पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ स्थित गण्डक ब्यारेज पुलमा एक बेवारिसे शब फेला परेको छ ।
गण्डक ब्यारेज पुलको ढोका नम्बर ६ मा अन्दाजी ३०,३५ बर्षको टाउकोमा लामो रौ भएको पुरुषको शब फेला परेको इलाका प्रहरी कार्यालय त्रिवेणीका वरिष्ठ सब इन्स्पेक्टर प्रेम बहादुर बिष्टले जानकारी दिनु भएको छ ।
शब गण्डक ब्यारेज पुलको ६ नम्बर ढोकामा देखा परेपछि स्थानियले प्रहरीलाई सुचना गरे लगतै प्रहरी घटना स्थलमा पुगि नदिबाट शबलाई निकालिएको र थप कानुनी प्रक्रिया पूरा गर्न मध्यबिन्दु अस्पताल कावासोती लगिएको प्रहरीले बताएको छ ।
सडेगलेको अवस्थामा रहेको शब करिब ४/५ दिन पुरानो रहेकोमा शबलाई थप सनाखतका लागि केहि दिन मध्यबिन्दु अस्पतालमै राखिने इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक राजेन्द्र बहादुर थापा मगरले बताउनु भयो ।
गण्डक ब्यारेज पुलमा गत बर्षपनि १२ शब फेला परेको थियो । नदिमा बगेर आउने शबहरु नवलपुर, चितवन, धादिङ र गोरखा लगायत जिल्लाबाट बगेर आउने पनि प्रहरीले जनाएको छ ।
नदिमा बगेर आउने शब मध्ये केही नदिमा स्नान गर्न जाने तिर्थालु डुबेर बेपत्ता हुनेहरुको हुन सक्ने अनुमान पनि गरिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

