नवलपरासी , २२ साउन ।
पश्चिम नवलपरासीको उजैनीदेखि पाल्ही हुँदै चिमनटोल भारतीय सीमासम्म जोडिने सडक तीन करोड लागतमा निमार्ण हुन लागेको कुरालाई लियर सामाजिक सञ्जालमा विवाद सुरु भएको छ ।
एक तर्फ उक्त सडक पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक)को पहलमा निमार्ण हुन लागेको भनिएको छ भने अर्को तर्फ लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालको पहलमा निर्माण हुन लागेको कुरालाई लियर विवाद उत्पन्न भएको छ।
पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)को अनुसार “पालिका सहित प्रदेश र संघीय सरकारसँग पहल गरि उजैनी देखि पाल्ही हुँदै चिमनटोल भारतीय सीमासम्मको सडक निमार्ण गर्न पहल गरेको बताएका छन् ।
तर अर्कोतर्फ लुम्बिनी प्रदेशसभा सदस्य वैजनाथ जैसवाल अधिकारिक सामाजिक सञ्जालको अनुसार”संघिय सरकारका भाैतिक तथा यातायात मन्त्री प्रकाश ज्वाला र लुम्बिनी प्रदेश सरकारका भाैतिक पूर्वाधार विकास मंत्री धर्मबहादुर चाैधरीसंग टेलिफोन संवाद गरी यस क्षेत्रको बाटोकाे डिपियार तयार गरी दिन भने पछि बैजनाथ जयसवालले पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजू प्रसाद गुप्ता (दीपक) लाई डिपियार तयार गर्न आग्रह गर्नु भएको कुरा उल्लेख गरिएको छ।
बैजनाथको अनुसार पालिकाले डिपियार तयार गरी उनलाई दीए पछि नेपाल सरकारकाे भाैतिक तथा यातायात मन्त्री प्रकाश ज्वाला संग मन्त्रालयमा गएर भेटघाट गरी डिपियार हस्तान्तरण गरिएको कारण सहरी तथा भवन निर्माण आयोजना चितवनबाट कार्यन्वयन हुने गरी उजैनी देखि चमनटाेला सीमा सम्म सडक नाला निर्माण शिर्षक याेजनामा एक कराेड बजेट विनियोजन भएको बताएका छन् ।
साेहि बाटोको लागि लुम्बिनी प्रदेशको सम्पुरक अनुदान अन्तर्गत ५०/५० प्रतिशत लगानी हुने गरी एक कराेड बजेट विनियोजन भएको वताएका छन्।
तर अर्को तर्फ गाउँपालिका अध्यक्ष वैजू प्रसाद गुप्ताले पनि भौतिक योजना तथा पूर्वाधार मन्त्रालयमा बैशाख ०३ गते चलानी नंबर १९८८ को पत्र पठाएको अनुसार बजेट मेरो आफ्नो पहलमा परेको बताएका छन्।
यसरी हेर्दै दुवै नेता र कार्यकर्ताले विकासको लागि परेको बजेट मैले पहल गरी पारदिएको देख्दा विगत ६ वर्ष देखि हाल सम्म ती नै नेतृत्व कर्ता पदमा रहँदा पनि किन न भएको प्रश्न उठेको छ ।
एक स्थानियको अनुसार यो राजनीति खेल रहेको बताउँदै ती ३ करोड बजेटले चामनटोला सम्म पनि न पुग्ने बाकी सडक निर्माणको लागि फेरि कसैले पनि यस विषय आवाज न उठाउने बताएका छन्।
जनतालाई भ्रममा हाल्नुको साटो एक आपसमा बजेटलाई लियर लड्नु भन्दा विकास निर्माणका कार्यलाई लिएर लड्दा ठीक होला भनेर स्थानियले बताएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

