“अहिले देशकायुवाहरु व्यापक रुपमा बिदेशिने क्रम जारी छ ।”यो वाक्यभन्दावा सुन्दा सामान्य जस्तो लाग्दछ । तर यो वाक्यमादुख ,बिछोड र बेदनाले भरिएको छ भन्दा अति योक्तिनहोला ।
के बैदेशिक यात्रामा दुखमात्रै हुन्छ र? यहाँ विभिन्न किसिमका प्रश्नहरु उब्जिन्छन् । ४५ डिग्री देखि ५० डिग्री सम्म घामको तातो कसलाई चाहना हुन्छ र ? एक अध्ययनले के देखाउदँछ कि झन्डै ८० लाख देखि ९० लाख मानिसहरु बिदेश तिर छन । यसरी हेर्दा झन्डै तिन करोड जनसँख्यामा एक करोड विदेश तिर छन। ती एक करोड भनेका युवाजनशक्तिहरु हुन जो देशको संबाहकशक्तिहुन । यसरी आज देश युवाबिहिन अवस्थामा छ ।
फेरि प्रश्न उठ्छ रेमिट्यान्स आएको छ नि? तर रेमिट्यान्सले मात्रै देश समृद्ध हुन सक्दैन् । युवाहरु भनेका बिकासको सँवाहक शक्तिहरु हुन् । यदि ती युवाहरु भएभने देशमा कायापलट हुन सक्छ । विभिन्न विकाशवादी चिन्तकहरु के भन्दछन् भने विदेशिएका झन्डै एक करोड युवाहरुलाई देशमै विभिन्न क्रियाकलापमा लगाईयो भने देशले काँचुलीअवश्य फेर्छ । तर आजदेशमा कहालीलाग्दो अवस्था छ । रोजगारी तथा अध्ययनको नाममा आजलाखौ युवाहरु घरपरिवारबाट टाढिन बाध्य छन् । दुखद कुरा यो छ कि युवाहरु अष्ट्रेलिया ,जापान ,अमेरिका भनेपछि हुरुक्कै हुन्छन् ।
यतिसम्म कि विद्यालयमा विद्यार्थीहरुसँग सोध्दाँ तिमीभविष्यमा के बन्न चाहन्छौ ? धेरैजसो विद्यार्थीहरुको जवाफ हुन्छ “विदेशमा काम गर्नजाने” । सुन्दर देश नेपाल युवाविहिन बन्दैछ । यो हाम्रो देशको लागि चिन्ताको विषय हो ।
शैक्षिकअध्ययन : सन् २०२२ मा मात्रै अध्ययनको लागि ९५,२६८ बिद्यार्थीहरु विदेश गएका छन् । गत वर्षहरुको तुलनामा यो सँख्या दोब्बर हो । यसरी हेर्दा बिद्यार्थीहरु अध्ययनको शिलशिलामा बिदेश जादाँकमै मात्रामा मात्रै नेपाल फर्कन्छिन भन्ने विभिन्न तथ्याँकहरुले देखाउँदछन् । आजअध्ययनको नाममा हजारौ विद्यार्थीहरु विदेश जान बिमानस्थलमा लामबद्ध भेटिन्छन ।
अध्ययनको नाममा प्रत्येक महिनाअरबौ रुपैयाँ विदेशतिर गईरहेको छ। फेरि प्रश्न उठ्छ के नेपालको शिक्षा गुणस्तरीय छैन, के नेपालको शिक्षामाआमुल परिवर्तन चाहिएको छ? एक वाक्यमा उतर दिदाँ“अवश्य” । नेपालको जेठो विश्व विद्यालय त्रिभुवन विश्वविद्यालय अहिले लथालिङ अवस्थामा छ ।
त्रिभुवन विश्वविद्यालयमा चरम राजनितिछ ।एक बर्षमाहुनु पर्ने परीक्षा दुई बर्ष सम्म लाग्ने गरेका छन् । प्राध्यापकहरुको सँख्या पनि विद्यार्थीहरुको अनुपातमा कम नै रहेको छ । अहिलेको प्रतिस्प्रर्धात्मक बजारमा गुणस्तरीय शिक्षाको कारणले पनि विद्यार्थीहरु विदेशमा अध्ययन गर्न जान बाध्य छन् ।
नेपालमा पढ्दाँ तुलनात्मक रुपमा समय बढी लाग्ने गरेको छ ।अहिले धेरै विश्वविद्यालयहरु खोल्नु भन्दाभएको विश्वविद्यालयको शैक्षिक सुधार , समयानुकुल शैक्षिकविषयवस्तु र शैक्षिक स्थानहरुमा राजनितिकक्रियाकलाप बाट टाढा राख्नु जरुरी देखिन्छ ।
त्रिभुवन विश्वविद्यालयको शैक्षिक, प्रशासनिक गतिविधि ठिक राख्नको लागि प्रधानमन्त्री कुलपतिहुने व्यवस्थाको अन्तयहुनु आवश्यक छ । उपकुलपति जस्तो सम्मानित पद धारण गरेको व्यक्ति विश्वविद्यालयको पद्धति र देशको उच्च शिक्षाको नितिले गर्दा निरिह बन्नुपर्ने र चाकडी गर्नुपर्ने अवस्था छ ।आखिर यो परम्पराको अन्तय कहिले हुने भनी सर्वसाधारण तथा सम्बन्धित व्यक्तिहरुले राज्यसँगप्रश्न तेर्साउन बाध्य छन् ।
अहिले त्रिभुवन विश्वविद्यालयको लागि चाहिने दरबन्दिको सिर्जना गर्नु पनिआवश्यक छ । साथसाथै देशव्यापी रुपमा शिक्षाको विविधिकरण गर्नु आवश्यक छ। नेपालमा पनि विश्वमा बदलिदो परिवेश अनुसार शिक्षा ,प्रविधि र आर्थिक क्रियाकलापमा जोड दिनु आवश्यक छ । सुन्निछ, त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको भवनमा र प्रशासनिक भवनमा विद्यार्थीहरुका भातृ सँघ सँगठनहरुले ताल्चाहानेको । साथसाथै त्रिभुवन विश्वविद्यालयमा आफनो पार्टीको झोले बनाउन विभिन्न कार्यक्रम गरेको र आफ्नो अनुसार नचले विभिन्न दुरब्यवहार गर्ने गरेको । के यसरी उच्च शिक्षा दिने स्थानमा यस्ता क्रियाकलाप भयो भने विद्यार्थीहरु देशमै अध्ययन गर्छन ?
हो विद्यार्थीहरुलाई रोक्नको लागि सम्बन्धित राजनितिकदलहरुले आफ्नो राजनितिक सँस्कार बदल्न जरुरी छ । विभिन्न क्याम्पस तथाशैक्षिक स्थानहरुमा राजनितिक दलहरुले आफ्नो क्याडर बनाउदाँ र अवान्च्छित गतिविधि गर्दा विद्यार्थीहरुको भविष्यमाथि खेलवाड भएको देखिन्छ भनी शैक्षिक अगुवाहरुले भन्दछन् ।
आर्थिक रुपान्तरण र रोजगारी सिर्जना
नेपालआर्थिक रुपले विश्वको तुलनामा धेरै नै पछाडि रहेको भनी सुन्दा म जस्ता युवाहरु २५÷३० वर्ष पार गरिसके ।आखिर किन समृद्ध राष्ट्रहरु झन समृद्ध बन्ने तर नेपालगरिबको गरिब नै हुनुपर्ने । मुख्यत : नेपालको राजनितिक सँस्कार , आर्थिक निति लगायतका कुराहरुमा त्रुटि छ कि ? के हामी बिदेशमा लेबर मात्रै पठाइरहने ?अहिले देशको शैक्षिक नितिहरुमा व्यापक सुधारको आवश्यकता देखिन्छ । सरकारले बैदेशिक रोजगारीको लागि लेबरहरुलाई निरुत्साहित गर्दै त्यस्ता व्यक्तिहरुले गर्न सक्ने सिप सिकेर जाँने वातावरण अझ राम्रो तवरले तयार गर्नुपर्दछ ।
त्यसरी बिदेशजाँदा बढी आम्दानीहुने र देशको गरिमा बढ्ने हुन्छ । अहिले देशमा राजनितिकर्मीहरुले व्यवसायी माथी विभिन्न प्रोप्रोगान्डा चलाउने गरेको पाइन्छ चाहे ती डा सुनिलशर्मा हुनवादुर्गा प्रसाइ अथवा बिनोद चौधरी । अहिले देशमा हेर्दा कुनै व्यवसाय सन्चालन गर्नको लागि धेरै प्रकारको कठिनाई रविभिन्न ठाउमाँ जानुपर्ने बाध्यता छ । के यसरी देशमा व्यवसायीहरु टिक्न सक्छन् ,पक्कै पनि सम्बन्धित सरोकारवालाहरुले ध्यानदिने कि?
के यसरी देशमाबिल गेट्श ,मुकेश अम्बानी, पराग अग्रवालवाइलोन मस्कजन्माउन सकिन्छ ? हो व्यवसायीहरुलाई नियमन र सहयोग गर्ने हो नकि कस्ने हो ।अहिले नियामक निकाय तथा सरकारले समेत बहुमत जनमतको कुरा सुनेर आफ्नो नितिहरु लागु गर्ने परम्परा बढ्दो छ यसले देश र पद्धति कता जान्छ भन्ने प्रश्नचिन्ह खडा हुन्छ । यस्तो परम्परा रहिरह्यो भने राज्य असफलता तिर जान सक्छ भन्न सकिन्न ।
📝📝📝📝📝बलिराम गुप्ता
(प्रतापपुर गापा वार्ड नं ९, घर भएका लेखक उनी शिक्षा,कृषि र अर्थ सँगसम्बधित विषयमा कलम चलाउँछन ।)
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

