Rashtriya Dainik

पालिका अध्यक्ष गुप्ताको पहलमा बन्ने भयो उजैनी-पाल्ही मन्दिर हुँदै भारतीय सीमासम्मको सडक

ज्ञानेश्वर सहानी/नवलपरासी ,२२ साउन ।

पश्चिम नवलपरासीको बहुप्रतिक्षित उजैनीदेखि पाल्ही हुँदै चिमनटोल भारतीय सीमासम्मको सडक निर्माण हुने भएको छ।

पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले पालिकासहित प्रदेश र संघीय सरकारसँग पहल गरी बजेट सुनिश्चित भएपछि उक्त सडक निर्माण हुने निश्चित भएको हो ।

पाल्हीनन्दनको वडा नं. ४ र ५ मा पर्ने उक्त सात किलोमिटरको सडकको स्तरोन्नती हुन नसक्दा यहाँ आवातआवात गर्न कठिनाई भईरहेको थियो । पालिकाको बजेटले मात्र उक्त सडक निर्माण गर्न सम्भव नभएपछि गाउँपालिकाबाट प्रदेश र संघीय सरकारसँग माग गरिएको र चालु आ.व.२०८०÷०८१ मा उक्त सडक निर्माणका लागि करिब रु तीन करोड बजेट सुनिश्चित भएको गाउँपालिका अध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।
उक्त सडक स्तरोन्नतीका लागि लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट रु एक करोड ३० लाख र संघीय सरकारबाट एक करोड ५० लाख बजेट विनियोजन भएर आएको अध्यक्ष गुप्ताले बताउनुभयो ।

गाउँपालिकाले समेत उक्त सडक निर्माणका लागि यस वर्ष रु पचास लाख विनियोजन गरेको छ । संघ र प्रदेश सरकारसँग पालिकाले उक्त सडक निर्माणका लागि रु तीस करोड माग गरेको तर बजेट कम प्राप्त भएको उहाँले बताउनुभयो । रामग्रामको उजैनीदेखि पाल्हीनन्दनको पाल्ही भगवती मन्दिर हुँदै भारतीय सीमासम्मको उक्त सडकमा नालासहितको कालोपत्रे गर्ने गरी निर्माण शुरु गरिने उहाँले बताउनुभयो ।

उक्त सडकखण्डमा विगतमा गरिएको पीच फुटेर खाल्डाखुल्डी भएकोले पैदलयात्रीदेखि सवारीसाधनसम्ममा यात्रा गर्ने यात्रु र स्थानीयवासीले समेत सास्ती खेप्दै आएका छन् ।

गाउँपालिकाले उक्त सडक निर्माणका लागि गत आ.व.वर्षमा सडक अतिक्रमण गरि बनाईएका घर तथा अन्य संरचनाहरु ह्टाएको थियो । समयमा बाटो निर्माण नहुँदा स्थानीयवासीले खेप्नुपरेको सास्तीलाई आफूले महशुस गरेरै पालिकादेखि संघीय सरकारसम्म पहल गरेको बताउनुभयो ।

अहिलेको आएको बजेटले सडक पूर्ण रुपमा निर्माण नहुने भएपनि क्रमशः पूरा गर्दै जाने अध्यक्ष गुप्ताले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित