Rashtriya Dainik

बर्दघाटमा दुई समहु बीच कुटाकुट हुँदै ६ जना घाइते १ जान पक्राउ

बिनोद निगम / नवलपरासी ,२१ श्रावण

पश्चिम नवलपरासीको बर्दघाट नगपालिका -५ बण्डाखोला स्थित रहेको होटल अगाडि स्कुटरको एक्सिलेटर धेरै लिई वातावरण दुषित गरेको विषयमा दुई समूहबीच आपसी विवाद भई कुटपिट हुँदा ६ जना घाइते भएका छन् । घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बण्डाखोलास्थित दरबार होमस्टे अगाडि स्कुटरमा आएका चार जनाको समूहले स्कुटरको एक्सिलेटर धेरै लिएर वातावरण प्रदुषित बनाएको निउँमा होटल सञ्चालक र स्कुटरमा सवार पक्षबीच आपसी विवाद भई कुटपिट हुँदा दुवै पक्षका व्यक्तिहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो ।

लु ६६ प ४५१९ नम्बरको स्कुटर पक्षले होटल अगाडि धेरै एक्सिलेटर लिएर वातावरण प्रदुषित बनाएपछि होटल पक्षले सम्झाउन खोज्दा विवाद भई दुई पक्षबीच कुटपिट भएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाईते हुनेमा स्कुटर पक्षतर्फ बर्दघाट- १२ दबिल्लाका १९ वर्षीय रमेश परियार,सोही ठाउँका १६ वर्षीय आरेन मल्ल,२२ वर्षीय किरण मगर रहेका छन् भने होटल सञ्चालक पक्षतर्फ बर्दघाट-४ का ३० वर्षीय सन्दिप भण्डारी,सोही ठाउँका ४२ वर्षीय राजेश कँहार र होमस्टे सञ्चालक ५२ वर्षीय भीम भण्डारी रहेको पाण्डेले बताउनुभयो ।

घटनामा संलग्न रहेको आरोपमा घाईते हुनबाट बचेका स्कुटर पक्षका १६ वर्षीय सुरज थापालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । स्कुटर पक्षका घाईते तीनै जनाको टाउको चोट लागेको र अवस्था सामान्य रहेको डिएसपी पाण्डेले बताउनुभयो । होटल सञ्चालक पक्षतर्फ घाईते मध्ये सन्दिपको घुँडा र टाउको,राजेशको दाईने पाखुरा र भीमको बाँया छातीमा चोट लागेको छ । घाईतेहरुको चिसापानी अस्पतालमा उपचार भईरहेको छ भने होटल सञ्चालक पक्षका राजेश कँहारलाई थप उपचारको लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।

घटना आज दिउँसो साढे एक बजेको हो । घटनास्थलबाट सानो चक्कु,मासु काट्ने दाउ प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त हतियार को कस्ले लिएको भन्ने खुलेको छैन् । घटनाको विषयमा थप अनुसन्धान तथा नियन्त्रणमा लिएका थापासँग आवश्यक सोधपुछको कार्य भईरहेको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित