Rashtriya Dainik

त्रिवेणी भन्सार सुरक्षा युनिटद्वारा अनुगमन निरीक्षण

अारपि उपाध्याय / नवलपरासी ,२१ साउन

पुर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी समेतका सुरक्षा प्रमुखहरूले त्रिवेणी भन्सार समेत सुरक्षा युनिटको अनुगमन निरीक्षण गरेका छन।

विनयी त्रिवेणी गाउँपालिका वडा न.७ मा रहेको त्रिवेणी भन्सार कार्यालयमा राजस्व चुहावट नियन्त्रण गर्न अपनाइनुपर्ने विशेष निगरानी र मालसामान चोरी निकासी पैठारी गरि ल्याइने सम्भावित नाका पहिचान गरि कडाइका साथ चेकजाँच गर्ने निर्णय भएको त्रिवेणी भन्सार प्रमुख चण्डीराज गेलालले जानकारी दिनुभएको छ।
त्यसैगरी विपद व्यवस्थापनको लागि पुर्व तयारी प्रतीकार्य गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी सङ्ग भएका विपद उद्दार सामाग्रीको अनुगमन निरीक्षण गर्नुका साथै विपद उद्दारको लागि राखिएको सशस्त्र प्रहरी बल सङ्ग भएको मोटर बोर्डको पनि सुरक्षा प्रमुखहरूले निरीक्षण गर्नुभएको थियो।

गण्डकी प्रदेशको भारत सङ्ग जोडिएको एकमात्र नाका त्रिवेणी क्षेत्रमा रहेको सुरक्षा युनिट ईलाका प्रहरी कार्यालय त्रिवेणी र सशस्त्र प्रहरी बल त्रिवेणी बिओपी का जनशक्तिलाई आफ्नो कर्तव्य पालन गर्दै सुरक्षा प्रदान गर्न निर्देशन दिदै प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सत्य सेवा सुरक्षणमको जिम्मेवारीलाई भरपर्दो र विश्वसनीय रुपमा नागरिक केन्द्रित कार्य गर्न निर्देशन दिनुभयो।

सोही अवसरमा ईलाका प्रहरी कार्यालय त्रिवेणीको परिसरमा सुरक्षा अधिकारी र जनप्रतिनिधिहरु बिच अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको थियो। अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले त्रिवेणी बजार र आसपासका क्षेत्रमा देखापरेको विकृती हटाउने बारे ध्यानाकर्षण गराइएका थिए भने सुरक्षा युनिटमा थप प्रहरी जनशक्ति बढाइनु पर्ने माग पनि सरोकारवाला निकायले उठाएका थिए।


सो अवसरमा नवलपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले अपराध नियन्त्रण गर्न आपसी समन्वय र सहकार्य गरि कार्य गर्ने तथा कानुन विपरीत कार्य गर्ने जो कोहीलाई पनि कानुनी कारवाही गर्ने बताउनु भयो।
अन्तर्क्रीया कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका का अध्यक्ष घनश्याम गिरी, वडान.६ र ७ का वडाध्यक्ष, जनप्रतिनिधि र राजनिती दलका कार्यकर्ताहरुको उपस्थिति पनि रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित