राष्ट्रिय दैनिक / नवलपरासी , २१ साउन
पुर्व गृहराज्यमन्त्री एवं नेपाली काङ्ग्रेसकाे केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलले सिद्धान्तको राजनीति आवश्यक भएकोमा जोड दिनुभएको छ ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ कार्यसमितिकाे आयाेजनामा सन्चालित वडा सम्मेलन कार्यक्रममा सम्बाेधन गर्दै नेता कण्डेलले सिद्धान्तको राजनीतिले मात्रै मुलुकलाई समृद्ध बनाउने बताउनुभयो । काङ्ग्रेस सुध्रिएर अघि बढ्नुपर्नेमा जोड दिँदै नेता कण्डेलले काङ्ग्रेसभित्रै शुद्धीकरणको आवश्यकता रहेको बताउनुभयाे ।

वडा सभापति जन्मेजय यादवकाे अध्यक्षता तथा केन्द्रिय सदस्य एव पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेलकाे प्रमुख अतिथतामा वडा सम्मेलन कार्यक्रम भएको हाे।

कार्यक्रममा नेपाली काङ्ग्रेस नेता तथा लुम्बिनी प्रदेश सांसद द्वय देवकरण कलवार, बिश्व प्रेम पाठक,जिल्ला उपसभापती अनिल गौड,जिल्ला कोषाध्यक्ष उत्तमा राय ,क्षेत्रीय सभापती मुकुल आचार्य,क्षेत्र १क सभापति बेद प्रकाश शर्मा,पालिका सभापति बिनाेद कुमार पाण्डेय लगाएत महाधिवेशन/महासमिती सदस्य एव थुप्रै नेता कार्यकर्ताको बाक्लो उपस्थित रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

