अारपि उपाध्याय / नवलपरासी ,२० साउन
नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती नवलपुरको विस्तारित बैठक बि.पि. भवन कावासोतिमा सम्पन्न भएको छ।
नेपाली काङ्ग्रेस जिल्ला समितिका सभापति एवं गण्डकी प्रदेश सरकारका कृषि भुमि तथा व्यवस्थापन मन्त्री महेन्द्र ध्वज जि.सी.को अध्यक्षतामा विस्तारित बैठक सम्पन्न भएको हो।
विस्तारित बैठकमा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं केन्द्रिय प्रतिनिधि टेक प्रसाद गुरुङले पार्टीका नेता कार्यकर्ताहरु उच्च मनोबलका साथ बि.पि. द्वारा प्रतिपादन गरिएको सिद्धान्त अनुसार काम गर्न आग्रह गर्दै टोल,वडा र पालिका स्तरीय कार्य समितिको नियमित बैठक बसि कार्य समितीलाई चलायमान गर्ने धारणा राख्नुभएको थियो।
सो अवसरमा नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले पार्टी संगठनमा अनुशासनको ठूलो महत्व हुने हुँदा अनुशासित कार्यकर्ताबाट नै संगठन बलियो हुने विचार व्यक्त गर्नुभयो।
नेपाली काङ्ग्रेसले वडादेखि केन्द्रिय तहसम्म गरिने विशेष कार्यक्रम अन्तर्गत वडा,पालिका,प्रदेश,क्षेत्र र जिल्लामा विशेष भेलाको आयोजना गरि पार्टीको नीति र सिद्धान्तलाई आम मतदाता समक्ष जानकारी गराउने लक्ष्य रहेको बताइएको छ।
भाद्र ९ गते जिल्ला अन्तर्गतका ९२ वडामा भेला गरिने तथा जिल्ला अन्तर्गतका पालिकाहरुमा भाद्र १५ देखि २१ गतेसम्म भेला गरिने र जिल्ला अन्तर्गतका प्रदेश र संघिय क्षेत्रमा भेला गरि असोज ६ गते जिल्लामा भेला गरिने निर्णय भएको पार्टीका जिल्ला उपसभापति चन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ।

विस्तारित बैठकमा महा समिती सदस्य, महाधिवेशन प्रतिनिधि,जिल्ला कार्यसमिति सदस्य,क्षेत्रीय र प्रदेश पदाधिकारीहरुं, पालिका सभापती र सुभेच्छुक र भातृ संस्था प्रमुखहरुको उपस्थिति रहेकोे थियो।
बैठकमा ने.वि. संघ कावासोती नगर सभापति कुमार क्षेत्री समेतको विद्यार्थी समुहहरुले ने.वि.संघलाई अझ बढी चलायमान गर्न जिम्मेवारी सहितको कार्य विभाजन गर्नुपर्ने माग प्रस्तुत गरेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

