Rashtriya Dainik

ललित कुमार रौनियारको मनोनयन दर्ता नं. १

१९ साउन, बाँके । नेपालगञ्ज उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि आज मनोनयन दर्ता गरिएको छ । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको तर्फबाट संघको अध्यक्षका दावेदार ललित कुमार रौनियारको दर्ता नं. १ रहेको छ ।

संघको आसन्न भदौ २ गते निर्वाचनका लागि निर्वाचन समितिले प्राथमिकताका आधारमा उम्मेद्वारी दर्ता गर्ने निणर्य गरेको थियो । जस पश्चात उक्त समुहले पहिलो नं. मा मनोनयन दर्ता गराउन गएराति देखि नै संघको कार्यालयको गेट अगाडि बसेका थिए ।

रौनियारको अध्यक्षको पदमा शुक्रबार बिहान सवा ११ बजे मनोनयन दर्ता भएको हो । उनको उम्मेद्वारी दर्ता भएपछि रौनियारको दर्ता नं. १ हुन आएको हो । उम्मेद्वारी दर्ताका लागि रातभर कुरेर प्रजातान्त्रिक समुहले पहिलो नम्बरमै उम्मेद्वारी दर्ता गराउन सफल भएको हो ।

उम्मेद्वारी दर्ता गराएपछि प्रजातान्त्रिक समुह तर्फबाट अध्यक्षका दावेदार रौनियारले सम्बोधन गर्दै भने, ‘भदौ २ गते नेपालगँज उघोग बाणिज्य सँघको निर्वाचनमा साझा प्रजातान्त्रिक व्यावसायी समूहको तर्फबाट अध्यक्ष पदमा आज १ नम्बरमा मनोनयन दर्ता गरेको छु । आदरणीय उघोगी ब्यवसायि ज्यु, मेरो उम्मेद्ववारी नेपालगँज उघोग बाणिज्य सँघमा रहेको बेथिति बिरुद्ध हो। हामी सबैको रगत र पसिनाले खडा गरिएको यस सँघको गरिमा बचाउने हामी सबैको कर्तव्य पनि हो तसर्थ यस पटक परिवर्तन जरुरी छ ।’

यस्तै, निर्वाचनमा समावेशी प्यानलको तर्फबाट अध्यक्ष पदमा टंक धामीले मनोनयन दर्ता गराएका छन । उक्त समुहले मनोनयन दर्ता गराउन उद्योगी तथा व्यापारीहरु सहित ठूलो जुलुसका साथ पुगेका थिए ।

निर्वाचनका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका दुवै प्यानलले आफ्ना उम्मेद्ववारहरुको आज उम्मेद्वारी दर्ता गराएका हुन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित