अारपि उपाध्याय / नवलपरासी ,१९ साउन
त्रिभुवन मा.वि. बेलाटारी प्रतापपुरको अभिभावक भेला एक कार्यक्रमका बिच शुक्रबार सम्पन्न भएको छ ।
विद्यालय ब्यवस्थापन समिती कि अध्यक्ष भगवन्ति देवि पन्जियारको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।
सो अवसरमा प्रमुख अतिथी समेत रहनु भएका प्रतापपुर गाउपालिका का अध्यक्ष उमेश चन्द्र यादवले गुणस्तरीय शिक्षा वर्तमान समयको माग रहेकोले सम्बन्धित सबै निकाय यस् तर्फ केन्द्रित रहनु पर्ने बताउनु भयो ।
अध्यक्ष यादवले शिक्षा क्षेत्रलाई पवित्र संस्थाको रुपमा विकास गर्नुको सट्टा केही फोहोरी तत्वले पवित्र संस्थालाई अपवित्र बनाउने प्रयासलाई आफू र पालिकाले कहिल्यै सफल हुन नदिने धारणा राख्नु भयो ।
अध्यक्ष यादवले प्रतापपुर गाउपालिकामा रहेको त्रिभुवन क्याम्पस बेलाटारीमा योग्य र दक्ष शिक्षकको व्यवस्था हुनु पर्नेमा क्याम्पस प्रशासन र व्यवस्थापन ले अयोग्य शिक्षक व्यवस्था गरेको आरोप लगाउनु भयो ।
प्रतापपुर गाउपालिकामा भ्रस्टाचार मौलाएको बारे लगाइएको कपोल कल्पित आरोप, मिथ्या र आधारहिन रहेकोले त्यस्ता झुटा आरोप लगाउने हरुलाई वास्तविक कुरा बुझेर मात्र जनता माझ बोल्न आग्रह गर्दै अध्यक्ष यादवले एक वर्ष यता प्रतापपुर गाउपालिका सुशासनमा पश्चिम नवलपरासीमै एक नम्बरमा रहेको स्मरण गराउनु भयो ।
अभिभावक भेलामा त्रिभुवन मा.वि. बेलाटारीका प्रधानाध्यापक नारदमुनी ठाकुरले विद्यालयको गतिविधि सहितको शैक्षिक गतिविधी प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा मा.वि. पुर्व प्रधानध्यापक सत्यदेब पान्डेय, समाजसेवी मोहन बि.क.,सन्तोष हरिजन, प्रतापपुर गाउपालिका उपाध्यक्ष मानकुमारी चौधरी लगायतले मा.वि. ले गरेको प्रगती र भाबी चुनौतीबारे आफ्नो धारणा राख्नु भएको थियो । २००९ सालमा स्थापना भएको मा.वि मा हाल २१०० छात्र छात्रा अध्ययनरत रहेको विद्यालयले जानकारी दिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

