Rashtriya Dainik

क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल बर्दघाट-२ वडा संगठन समितीको एकता अधिबेशन

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल बर्दघाट-२ वडा संगठन समितीको एकता अधिबेशन तथा बैठक बिहिबार चिसापानीमा सम्पन्न भएको छ । एकता अधिबेशनले गोबिन्दको संयोजकत्वमा ११ सदस्यीय वडा संगठन समिति निर्वाचन गरेको छ । समितिको सह संयोजकमा उर्जा रहनु भएको छ ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका महाधिवेशन आयोजक समिति सदस्य तथा जिल्ला इन्चार्ज सङ्कल्प, अर्का महाधिबेशन आयोजक समिति सदस्य एवं जिल्ला संयोजक समरले राजनैतिक प्रशिक्षण राख्नुभएको थियो । एकता अधिबेशनमा प्रदेश सदस्य तथा जिल्ला सह संयोजक श्रमिकले शुभकामना मन्तव्य र प्रदेश सदस्य बसन्तले परिपत्र बाचन र नगर संयोजक प्रशान्तले प्यानल प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

एकता अधिबेशनले वडाको सबै टोलमा सम्पर्क बिस्तार गर्दै सेल कमिटी बिस्तार गर्ने निर्णय गरेको छ । त्यस्तै समितिको सल्लाहकारमा गोप बहादुर पौडेललाई चयन गरेको सो पार्टीले जनाएको छ । एकता अधिबेशन अखिल( क्रान्तिकारी ) नेतृ बिमला गिरीको संचालनमा भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित