Rashtriya Dainik

मन्दिरका पुजारी माथि चक्कु प्रहार

संजय कुशवाहा / नवलपरासी १८ साउन

पश्चिम नवलपरासीको पाल्हिनन्दनमा बिहीबार दिउँसोको ३.३० बजे चक्कु प्रहारबाट एक जना घाइते भएका छन् ।

पाल्हिनन्दन गाउँपालिका वडा . २ भक्सिपुर स्थित हरपुर मा.वि. पछाडी रहेको रामजानकी मन्दिरमा बिगत २ बर्ष देखी पुजारीको काम गर्ने सोही ठाउँ बस्ने वर्ष ५०/५५ को जयसराज पाण्डेलाई अपरिचित व्यक्तिले टाउकोमा चक्कु प्रहार गरी मोबाइल लुटी लगि घाईते बनाई फरार भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हे.क्वा. बेलासपुर र इलाका प्रहरी कार्यालय महेशपुरबाट टोली खटिगई घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल परासीमा पठाएको छ । चक्कुबाट घाइते बोल्न नसक्ने अवस्था मध्यम उपचारमा आफन्त संलग्न रहेका छन् । चक्कु प्रहार गर्ने मानिसको खोजतलास तथा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित