अारपि उपाध्याय / नवलपरासी , १८ साउन
नेपाल भारत मानव विकास एव मैत्री संघ परासी र साना किसान कृषि सहकारी संस्था लिमिटेड विनयी त्रिवेणी ७ शिवपुर गढी नवलपुरको संयुक्त आयोजनामा नेपालको कृषि प्रबर्द्धनमा नेपाल भारत बिच सहकार्य विषयक बिचार गोष्ठी सहकारी संस्थाको सभाहलमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सुरज कोहारको अध्यक्षतामा नेपाल कृषि सहकारी संघ का केन्द्रिय अध्यक्ष खेम बहादुर पाठकले नेपालका किसानलाई नया प्रविधिको साथ जोड्न सकिए कृषकको जिवनस्तर मा वृद्धि हुने बताउनु भयो ।
केन्द्रिय अध्यक्ष पाठकले नेपाल भारतका जनताको सुमधुर सम्बन्धले नै दुई देशका जनता बिच अन्तरसम्बन्ध पनि बलियो हुने धारणा राख्दै नेपाली बजारलाई आत्मनिर्भर बनाउनु पनि भारतिय पक्षकाे सहयाेग अपरिहार्य हुने जिकिर गर्नु भयो ।
कार्यक्रममा नेपाल भारत मानव विकास एबम मैत्री संघका केन्द्रीय अध्यक्ष सुर्य भुसालले नेपालका राजनेता क्षमतावान भएपनि महत्त्वपूर्ण निर्णय लिदा भारतिय पक्षकाे सहयाेग लिने गरेको बताउदै सिमा क्षेत्रमा देखिने साना तिना समस्या लाई नेपाल भारत मानव विकास एवम मैत्री समाजको माध्यमबाट समाधान गर्न सकिने धारणा राख्नुभयो ।
अध्यक्ष भुसालले आगामी दिनहरुमा सिमा क्षेत्रमा उत्पन्न समस्या समाधान गर्न र विकासको गतिविधिलाई अगाडि बढाउन भारतिय राजदुतबाट सिमा क्षेत्रकाे अवलोकन गराउने प्रयास भै रहेको जानकारी दिनुभयो । संस्थाका प्रबन्धक सरिता शर्माले २०५३ सालमा स्थापना भएको संस्थाले स्थापना काल देखि नै सेवा प्रदान गर्दै आएको र हाल संस्थामा कुल ३१९५ शेयर सदस्य रहेको बताउनु भयो ।

संस्थामा २०५६ साल देखि पशु बिमा कार्य संचालन भएको जानकारी समेत प्रबन्धक शर्माले दिनु भयो ।
कार्यक्रममा अगुवा किसानहरु मदन कुशवाहा, चन्द्रकला बश्याल,तारा देबि भट्टराई लगायतले किसानको सम्स्या र अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा नेपाल भारत का गरि आधा दर्जन पत्रकार हरुको उपस्थिति रहेको संस्थाकि उपाध्यक्ष सरस्वती बस्नेतले जानकारी दिनु भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

