नवलपरासी – मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासी पश्चिम अन्तरगत प्रतापपुर गाउँ संगठन समिति गठन गरिएको छ ।

प्रतापपुर–९ खैरेनीमा बुधवार सम्पन्न एकता अधिबेशन, प्रशिक्षण तथा बैठकले कमलको संयोजकत्वमा १३ सदस्सीय प्रतापपुर गाउँ संगठन समिति गठन गरेको हो । समितिको सहसंयोजकद्वयमा अर्जुन र बिशाल रहनुभएको छ ।
अधिबेशन उद्घाटन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीका महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला ईन्चार्ज संकल्पले पार्टीले बर्गसंर्घष उठान गर्नका लागि तयारी गरिरहेको बताउनुभयो । अर्का महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला संयोजक समरले क्रान्तिकारीहरु ब्यवहारमा संसदवादीहरु भन्दा फरक हुने बताउदै पार्टीले जनताको पक्षमा काम गर्ने उद्घोष गर्नुभयो ।
कार्यक्रममा जिल्ला सल्लाहकार समितिका सदस्यहरु ज्योति,अबोध र मदनले अनुभुतिजन्य भनाई राख्दै पार्टीले संर्घषलाई जोड दिदै बर्गीय मुक्तिका लागि पहलकदमी लिनुपर्नेमा सुझाव राख्नुभयो । उहाँहरुले मधेश क्षेत्रमा अझै सामन्तवाद ब्याप्त रहेको बताउदै आन्दोलनलाई पुर्नसंगठित गर्ने पार्टीको योजनामा आफूहरुको साथ रहने जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेश सल्लाहकार तथा प्रतापपुर ईन्चार्ज अनिलले प्यानल प्रस्तावका साथै बधाई मन्तब्य र उद्धेश्यले परिपत्रवाचन गर्नुभएको थियो ।
यसैबीच क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासी(बसुप)ले नागरिकता बितरण प्रति चाँसो ब्यक्त गर्दै ईलाका प्रशासन कार्यालय सेमरीमा पुगेर जानकारी लिएको छ ।
जिल्ला ईन्चार्ज संकल्पको नेतृत्वमा पुगेको पार्टीको टोलीले नागरिकता बितरणमा भइरहेको ढिलाई तथा कानुनी झन्झट र जनताको गुनासोहरुलाई कार्यालय प्रमुख संग राखेर जानकारी लिएको हो । सो अवसरमा कार्यालयको तर्फबाट शाखा अधिकृत सन्दीप लामिछानेले कार्यालयबाट कुनै आर्थिक लेनदेन नभएको बताउदै नागरिकहरुको काममा कुनै पनि कसर बाँकी नराखेको जानकारी गराउनुभएको सो पार्टीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

