उदयपुर,१७ साउन
उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रको गाईघाट बजारसहित जलजले, देउरी, बगाहा, बोक्से तथा सहरी क्षेत्रका बालबालिका आँखा पाक्ने रोगबाट प्रभावित छन् । एक हप्ताअघि देखिएको आँखाको रोग अहिले बिस्तारै नगरक्षेत्रभरि फैलिन थालेको छ ।
जिल्ला अस्पतालका बालरोग विशेषज्ञ डा निरज सिंहका अनुसार अहिले दैनिक स–साना बालबालिकासमेत उपचारका लागि अस्पताल आउने गरेका छन् । “अधिकांश आँखा पाक्ने रोगबाट प्रभावित छन्”, उहाँले भन्नुभयो । दैनिक ८० देखि एक सय जनाको हाराहारीमा बालबालिका उपचारका लागि आउने गरेका छन् । जिल्ला अस्पतालका प्रमुख डा ज्ञानेन्द्र झाले नगरक्षेत्रका अधिकांश विद्यालयका बालबालिका यस रोगबाट पीडित छन् ।
गाईघाट बजारकी सन्ध्या थापा १५ वर्षीय छोरा, ९ वर्षीया छोरी र ४ वर्षीया छोरी आँखा पाक्ने रोगबाट पीडित भएको बताउनुहुन्छ । घरमै चिकित्सको सल्लाहअनुसार नियमित औषधि प्रयोग गरिरहेको उहाँले बताउनुभयो । रासस
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

