आरपी उपध्याय /१६ साउन
जनता प्रगतिशील पार्टी नेपालका केन्द्रिय अध्यक्ष हृदयेश त्रिपाठीले सार्वभौम अधिकार नेपाली जनतामा हुनुपर्ने पार्टीको मुख्य एजेन्डा हाल पनि कायमै रहेको बताउनु भएको छ ।
अध्यक्ष त्रिपाठीले स्थानिय देखि संघीय सरकारमा बस्नेहरुले भ्रष्टाचारको सबै सिमाना नाघेर अर्थतन्त्रलाई कमजोर बनाएको आरोप लगाउनु भयो ।
पश्चिम् नवलपरासी प्रतापपुर गाउँपालिकाको बेलाटारीमा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पुर्व मन्त्री समेत रहनु भएका अध्यक्ष त्रिपाठीले आगामी दिनहरुमा टोल, वार्ड, पालिका र क्षेत्र स्तरमा पार्टिको संगठन बिस्तार गरि अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने तयारी रहेको बताउदै युवा महिला मजदुर वर्गको हकहितलाई ध्यानमा राखी भातृ सङठनहरुलाई चलायमान बनाउने आयोजनाका साथ अगाडि बढ्ने त्रिपाठीले जिकिर गर्नु भयो । 
एक फरक प्रसङ्गमा अध्यक्ष त्रिपाठीले नेपाल मै धनी मानिएका बिनोद चौधरी राजस्व तिर्नमा पछाडी किन परेका हुन आरोप लगाउनु भयो ।
सुस्ता, प्रतापपुर र बर्दघाट लगायत स्थानिय निकायमा भ्रष्टाचार र मनोमानी कार्य गर्ने प्रवृत्तिको विकास भएकाले पार्टी कार्यकर्ताले त्यस्ता खाले कार्यको भन्डाफोर गर्न पनि निर्देशन दिनु भयो ।
जनता प्रगतिशील पार्टी नेपाल पश्चिम् नवलपरासी क्षेत्र १ का अध्यक्ष रामप्रीत यादवको अध्यक्षतामा आयोजित भेलामा केन्द्रिय सदस्य श्याम कृष्ण अधिकारी, प्रतापपुर गाउँपालिकाको पुर्व का.वा. अध्यक्ष अन्जु कुमारी चौधरी, रामनारायण गौड, बद्री यादव लगायतका वक्ताहरुले पार्टी सङठनको विविध पक्ष माथी प्रकाश पार्नु भएको थियो । प्रतापपुर गाउपालिका वार्ड न ९ का पुर्व वार्ड अध्यक्ष हेमेन्द्र कुमार पन्जियारको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई राधे रमण पाण्डेयले संचालन गर्नु भएको जानकारी गराईएको छ । कार्यकर्ता भेलामा विभिन्न पार्टी परित्याग गरेका ब्यक्ति हरुलाई जनता प्रगतिशील पार्टी मा प्रवेश सहित स्वागत गरिएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

