Rashtriya Dainik

सशस्त्र प्रहरी बल मधेश प्रदेश बाहिनीद्वारा ६६ करोड रुपैयाको अवैध सामानहरु बरामद

वीरगंज,१६ श्रावण
सशस्त्र प्रहरी बल मधेश प्रदेशले आर्थिक बर्ष २०७९÷८० असार सम्ममा करिव ६६ करोड रुपैया“ बराबरको भन्सार छलिको समान बरामद गरेको छ । खुला सिमानाको फाइदा उठाएर अवैध रुपमा नेपाल भित्रयाएको सामान सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएर भन्सारमा बुझाएको हो ।

सशस्त्र प्रहरी बल मधेश प्रदेशले गत आर्थिक बर्षमा करिव ६६ करोड रुपैया बराबरको अवैध रुपमा भन्सार छलेर नेपाल भित्रयाएको सामान नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीले गत आर्थिक बर्ष २०७९÷०८० को एक बर्षमा ६५ करोड ६५ लाख ४५ हजार ६ सय ३४ रुपैया बराबरको प्रतिबन्धीत लागु औषध सहित अवैध रुपमा भन्सार छलेर नेपाल भित्रयाएको बिभिनन सामान नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल मधेश प्रदेशले गत आर्थिक बर्षको एक बर्षमा एक करोड ६८ लाख ७५ हजार ९ सय ९३ रुपैया मुल्य बराबरको अबैध चौपाया समेत नियन्त्रणमा लिएको छ, भने १ करोड ४० लाख ६१ हजार ५ सय २४ रुपैया बराबरको अबैध काठ नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मधेश प्रदेशका वाहिनी पती सशस्त्र प्रहरी नायव माहानिरिक्षक ( डिआईजी ) दीपेन्द्र शाहले जानकारी दिए । त्यसैगरी सशस्त्र प्रहरी मधेश प्रदेशले २३ लाख ५ हजार ९ सय ६४ रुपैया बराबरको अबैध सुन र चाँदी समेत बरामद गरेको छ । त्यसैगरी श्रोत नखुलेको २ करोड १ लाख ४३ हजार १ सय नेपाली मुद्रा र ३४ लाख ८३ हजार २ सय ६५ श्रोत नखुलेका भारतिय मुद्रा समेत प्रहरीले नियनत्रणमा लिएको छ । करिव ६६ करोड रुपैया बराबरको अबैध लत्ताकपडा र अन्य समानहरु नियन्त्रणमा लिएको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल मधेश प्रदेशले गत आर्थिक बर्ष ०७९÷०० को असार मसान्त सम्ममा प्रतिबन्धीत लागु औषध गाजा ३ हजार १ सय ५० के जी, चरेश ५२ केजी खैरो हिरोईन ५ ग्राम ब्राउन सुगर ( २३.५९ ) ग्राम, बिभिन्न प्रतिबन्धीत लागु औषध ३४ हजार ५७ पिस बरामद गरेको छ । त्यस्तै ४१ बिघाहा १६ कठ्ठा १० धुर जग्गामा लगाएको प्रतिबन्धीत लागु औषध गा“जा फडानी गरेको सशस्त्र प्रहरी नायव माहानिरिक्षक ( डिआईजी ) शाहले जानकारी दिए ।

त्यसैगरी नक्कली नेपाली मुद्रा ४ लाख ४० हजार रुपैया नियन्त्रणमा लिएको छ भने नक्कली नेपाली नोटको कागज ६ हजार ९ सय पिस नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी मधेश प्रदेशले १ जना नेपाली चेलीहरुलाई बेचविखनका लागि भारततर्फ लग्दै गर्दा उद्घार समेत गरेको सशस्त्र प्रहरीले जनाएको छ । त्यस्तै सशस्त्र प्रहरी मधेश प्रदेशले मधेश प्रदेशको बिभिन्न स्थानबाट हतियार ७ नाल, बन्दुकको गोली १९ गोटा म्यागजिन २ गोटा र १२ बोर सर्टगनको कार्टिज समेत नियन्त्रणमा लिएको डिआईजी शाहले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरी बर्दीवासले बिभिन्न लागु औषध, हात हतियार श्रोत नखुलेको रकम र तस्करीमा संलग्न भएका २ सय १ जनालाई नियन्त्रणमा लिएर सम्बन्धीत निकाएमा बुझाईएको सशस्त्र प्रहरी मदेश प्रदेशका प्रमुख डिआईजी शाहले जानकार दिए । त्यस्तै, बिभिन्न अबैध कार्यमा संलग्न रहेको १ हजार १ सय २ वटा साना तथा ठूला सवारी साधनहरु समेत नियन्त्रणमा लिएको शाहले बताए । यसरी अवैध बाटोबाट नेपाल भित्रिएको समान सम्बन्धीत कार्यालयमा बुझाईएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित