Rashtriya Dainik

नवलपरासीको बासामा मृत अबस्थामा पुरुषको शव फेला

बिनोद निगम/नवलपरासी ,१५ श्रावण

पश्चिम नवलपरासीको सरावल गाउँपालिका १ बासास्थित एक पुरुषको शव मृत अबस्थामा फेला परेको छ । आईतवार साझ अन्दाजी ४ बजे बासास्थित पुर्व-पश्चिम राजमार्गको दक्षिण तर्फको नालिको पानीमा मृत अबस्थामा शव फेला परेको हुन् । मृत शवको पहिचान खुलेको छैन ।

शवको वर्ण कालो, उचाई अन्दाजी ५.७ ईन्च, कपाल छोटो, कपडा खैरो फुल सर्ट, खैरो रंङको पाईन्ट लगाएको अन्दाजी बर्ष ४०/४५ को पुरुषको शव घोप्टो परी मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

शव फेला परेको खबर प्राप्त हुना साथ तत्काल ईलाका प्रहरी कार्यालय बर्दघाटबाट प्र.नि. बीरेन्द्र केसीको कमाण्डमा SOCO सहित ७ जनाको टोली खटि गई घटनास्थल तथा प्रारम्भिक कार्य पुरा गरी शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल परासी ल्याएको छ भने शवको बारेमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित