नवलपरासी (सुस्ता) – क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल सुस्ता गाउँ संगठन समितिको ऐतिहासिक एकता, अधिबेशन प्रशिक्षण तथा बैठक सुस्ता–१ फेचुवास्थित छघरिया बस्तीमा सोमबार सम्पन्न भएको छ ।
अधिबेशनले वसन्त संयोजक र प्रकाश सहसंयोजक रहेको १३ सदस्यीय सुस्ता गाउँ संगठन समिति निर्वाचित गरेको हो ।
कार्यक्रममा पार्टी महाधिवेशन आयोजक समिति सदस्य एवं जिल्ला इन्चार्ज सङ्कल्प , महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला संयोजक समर , सहसंयोजक श्रमिक, प्रदेश सदस्यहरु सरोज, क्रान्ति र प्रदेश सल्लाहकार अनिलले बिचार राख्नु भएको थियो ।
कार्यक्रममा सहिद परिवारबाट सीताको आतिथ्यता थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

