Rashtriya Dainik

लागुऔषध सहित एक जना पक्राउ

संजय कुशवाहा / नवलपरासी १५ साउन

पश्चिम नवलपरासीमा ठूलो परिणाममा लागू औषध सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लागु औषध विक्री गरेको भन्ने प्राप्त सुचना अनुसार सोमबार दिउँसो खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं. ६ स्थितमा रहेको रामपती अग्रहरीको घरमा डेरा कोठा लिइ बस्ने वर्ष ४० कि गंगोत्री बनियाको कोठा खानतलासी गर्दा भान्सा कोठामा रहेको प्लाष्टिकको बाटा गमलामा रातो कपडाले ढाकी राखेको बोराको झोलामा डाइजि पाम , फनारगन , बुफ्रेनोरफिन गरी ४ सय २३ एम्पुल , नाइट्रोभेट ट्याव्लेट १ सय ३६ पिस , SPMPRX+ WOCKHARD लेखेको निलो क्याप्सुल १ सय ९० पिस औषधीजन्य लागु औषध प्रहरीले फेला परेको छ । लागु औषध फेला परेपछि प्रहरीले बनियालाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासीमा ल्याई थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित