कपिलवस्तु, साउन १५
नेपाल विद्युत प्रधिकरणको ३८ औं बार्षिकोत्सवको अवसरमा नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र कृष्णनगर ले वृक्षारोपण कार्यक्रम गरि बार्षिकोत्सव मनाएको छ।
नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र कृष्णनगरको कम्पाउंड भित्र तथा चन्द्रौटा र महाराजगंज शाखा कार्यालयमा वृक्षारोपण गरिएको जानकारी गराइएको छ।
विद्युत लाइन विस्तार गर्दा रुख विरुवा हरूमा छति मात्र गर्ने मात्र न भै वृक्षारोपण पनि विद्युत्त प्राधिकरणले वातावरण स्वच्छ र हराभरा राख्न समेत विशेष ध्यान दिने
गर्छ भन्ने उदेश्यका साथ एकसय वटा विरूवा कम्पाउंड भित्र वृक्षारोपण गरिएको नेपाल विद्युत्त प्राधिकरण कृष्णनगर वितरण केन्द्रका प्रमुख शुसिल पौडेलले जानकारी दिनुभयो।
वृक्षारोपण कार्यक्रममा इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रहरी निरिक्षक लक्ष्मण ओली, अस्थायी प्रहरी पोष्ट लिङक गेटका वरिष्ठ प्रहरी नायब निरिक्षक धर्मराज भण्डारी, समाजसेवी, विद्युत्तका कर्मचारी लगायतको सहभागितामा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

