Rashtriya Dainik

सुस्ता बासीका पिडा

ज्ञानेश्वर सहानी/नवलपरासी साउन १३

नवलपरासीको सुस्ता कयौं वर्ष देखि विवादित छ पश्चिम नवलपरासीको गाउँपालिका बासीको जन जिवन प्रभावित रहेको छ नेपाल भारतको विवादी रहेको सुस्ताका स्थानियहरुको जिवन अन्धकारमा रहेको देखिदा नेपाल सरकारले वेवास्ता गर्दा समस्या समाधान भएको छैन ।
कुडिया, त्रिवेणी, सुस्ता, रुपौलिया, नर्सही र पक्लिहवा मिलेर हाल सुस्ता गाउँपालिका बनाइएको हो ।सुस्ता पूर्व विनयी त्रिवेणी गाउँपालिका र पश्चिम प्रतापपुर गाउँपालिका र उतर बर्दघाट नगरपालिका र दक्षिणमा भारत रहेको छ ।
नेपाल भारतको मूख्य विवाद करिब ४० हजार ९८० हेक्टर जमिन मध्ये १४ हजार ५ सय हेक्टर जमिन भारतले कब्जा गरेको छ भने बाँकी १९ हजार ४८० हेक्टर जमिनमा भारतले जोतभोग गर्न नदिएकोले सुस्ता विवादीत रहेको छ ।
२०२५ सालमा सुस्ता कार्यालय, स्कूल, हुलाक प्रहरी चौकी, लगायत प्रशासनिक भवन निर्काण कार्य सुरु गरिएको थियो । २०२९ सालमा नेपाल भारत नापी गर्न सहमत भएको थियो । नापी गरिसकेपछि ५५६ बिगाहा जमीनको लालपुर्जा वितरण गरीएको थियो । उक्त जग्गामा भारतले अतिक्रमण शुरु गर्यो त्यस पछि पछि २०६२ साल देखि सुस्ता विवादीत भयो ।

नेपाल भारतको सुगौली संधि अनुसार सीमा कायम गरेपछि नारायणी नदीको बहाव परिवर्तन गर्दा सुस्ता बिबाद शुरू भएको छ ।सुरुमा चारकोस झाडीको रुपमा रहेको सुस्ता भारतीय तस्करहरुको अखडा बनेको थियो ।

२०१२ सालमा रेन्जपोस्टबाट आएका पीताम्बरजंग राणा नेतृत्वको ५ जनालाई भारतीय तस्करहरुले हत्या गरेर उखुको पातले जलाएर हतियार लुटेर लगेपछि त्यति बेला नेपाल सरकारले सुस्ता लाई विशेष निगरानीमा राखेको थियो । भारतले सुस्ता अतिक्रमण गर्न थालेपछि राजा महेन्द्रले २०२२ सालमा किशोर विक्रम गुरुङको नेतृत्वमा भारतीय भूपू सैनिकहरु लगायतलाई सीमा सुरक्षाका लागि ४ सय घर निर्माण गरी सुस्तामा बसालेका थिए ।

सुगौली सन्धिअनुसार सुस्ताको ४० हजार ९ सय ८० हेक्टर नेपाली भूमि मध्ये अहिले ७.५ हजार हेक्टर भूमिमात्र नेपालको अधीनमा रहेको छ ।
नेपाल सरकारले २०२७ सालमा सुस्ताका बासिन्दाहरूलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्नको लागि नापी सुरु गर्दा भारतीय पक्षले हस्तक्षेप गरी नापी गर्न गएका कर्मचारीलाई नियन्त्रणमा लिएर भारत पुर्याएका थिए ।

नारायणी नदी पारी रहेको सुस्ता बस्तीमा सहजता पूर्वक पुग्नका लागि बाटोघाटो नहँदा त्यहाँका स्थानियहरु निकै सास्ती भोगि रहेका छन ।सुस्ताका समस्याहरु बिजुली खानेपानी स्वास्थ्य टेलिफोन नेटवरक समेत सुस्ताका जनताहरु खेपी रहेको प्रस्टै देखिन्छ ।

यात्राको लागि नारायणी नदीको जोखिम डुँगा (नाउँ) एक मात्र विकल्प रहेको छ । यस ठाउँमा एक शस्त्र प्रहरी कार्यालय र नेपाल प्रहरी कार्यालय मात्र रहेको छ ।शिक्षा स्वास्थ्य लगायतको अति आवश्यक वस्तुहरुबाट सुस्ता बासीहरु टाढा रहेको देखिदा नेपाल सरकार मौन रहेको छ ।

चुनावी अभियानमा नेता भनेर दर्शाउने जनप्रतिनिधि भनाउनेहरुले सुस्ताको पीडाको बारेमा भाषण मात्र नेताहरुले गरे तर हालै सम्म केहि गर्न सकेका छैन्न । सुस्ता बासीहरु सहनै नसकिने यस्ता विभिन्न पिडाहरु छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित