Rashtriya Dainik

महेशपुरमा विशाल ताजिया मेला

बिनोद निगम/नवलपरासी,१३ श्रावण ।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा न १ महेशपुरमा विशाल ताजिया मेला आज देखि सुरु भएको छ। मुस्लिम धर्मावलम्बीहरुले मनाउदै आएको मोहरम्म पर्वको अवसरमा ताजिया मेला आयोजना गरिएको बिशाल ताजिया मेला समितिका अध्यक्ष रज्जब धुनिया जानकारी दिनुभयो ।

ग्रामिण क्षेत्रमा ताजिया मेला निकै प्रख्यात छ । सावन १२ गते मेलाको उद्धघाटन भई आज १३ देखि बिधिवतरुपमा सुरुगरि १८ गते सम्म सन्चालन रहने बताईएको छ । ताजिया मेलामा, ढाका,तासा,झर्रा,थकरी,लाठि लगायत खेलहरु पनि सन्चालन हुने जनाईएको छ ।

खेलमा प्रथम ,द्वितीय,तृतिय हुने समुहलाई साईकल पुरस्कार प्रदान गर्ने मेला समितिका अध्यक्ष रज्जब धुनियाले बताउनुभयो।

ताजिया निर्माण गर्न ८ महिना समय लागेको थियो । यो ताजिया ७० फिट उचाई र ५० फिट चौडाई रहेको बताईएको छ । यो क्षेत्र कै नमुनाको रुपमा रहदै आएको छ । यहाँ बिगत लामो समय देखि ताजिया मेला लाग्दै आएको छ ।

खासगरी मुस्लिम समुदायले मनाईरहेको ताजिया मेला हिन्दुहरुकोे लागि समेत आकर्षणका केन्द्रको रुपमा बन्दै गइरहेको छ। हिन्दुहरुले समेत मेलामा सहभागी भई मेलामा मनोरन्जन गर्दै आएका छन । मेलामा ५० भन्दा बढि पसलहरुको स्टल रहने बताईएको छ ।

हिन्दुहरुको पनि इमाम साहेब बाबाले धेरै मनोकामना पूरा गरेकोले तााजिया मेलामा हिन्दुहरु पनि शरिरमा घण्टि बाधेर ताजिया बाबाको घण्टौ सम्म परिक्रमा गर्दै ताजियाबाबा लाई धार्मिक रुपमा मान्दै आएको हिन्दु धर्मावलम्बीले बताएका छन ।

कार्यक्रम हुसैनी ताजिया मेला व्यवस्थापन समितिका अध्यक्ष रज्जब अलि धुनिया अध्यक्षता पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको प्रमुख अतिथिक्ता तथा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवालको विशिष्ठ अतिथिक्ता मा सम्पन्न भएको छ।

कार्यक्रम वाड नं १ का वाड अध्यक्ष चुल्हाई प्रसाद यादव, ईलाका प्रहरी कार्यालय महेशपुर र सशस्त्र प्रहरी बल र पत्रकार लगायतका उपस्थिति रहेको थियो ।

मेलालाई सभ्य र भब्य बनाउन नेपाल प्रहरी,शसस्त्र प्रहरी, ट्राफिक प्रहरी र स्थानिय स्वसेवक युवाहरु सेबु धुनिया,विवेक मद्वाशिया,दीपक निगम,आशुतोष मद्वाशिया,संदीप हरिजन लगाएतका ५० युवाहरु खटेका अध्यक्ष रज्जबले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित