राष्ट्रिय दैनिक / नवलपरासी , १३ असार
इस्लामिक क्यालेन्डर अनुसार मुहर्रम हिजरी संवतको पहिलो महिना हो । यो महिना पैगम्बर मुहम्मदको नाती इमाम हुसेन शहीदको सम्झनामा मनाइने गरिन्छ ।
इस्लाम धर्ममा विश्वास गर्नेहरुको यो एक प्रमुख चाड हो । यो महिना मुस्लिम धर्मवलम्बीहरुको लागि धेरै विशेषता र महत्व बोकेको छ । यस महिनामध्ये दस दिन इमाम हुसेनको शोकको रुपमा मनाइन्छ ।
सन् ६० हिजरीमा तत्कालिन शासक याजीद इस्लाम धर्मको सम्राट बन्न चाहन्थे । जसको लागि उनले मानिसहरुमा डर फैलाउन थाले । उनले सबैलाई दास बनाउनको लागि यातना दिए ।
याजीद सम्पूर्ण अरब आफ्नो नियन्त्रणमा लिन चाहन्थे । तर आफ्नो तानाशाह, हजरत मुहम्मदको वारिस इमाम हुसेनको अगाडि र उनका भाइहरु घुँडा टेकेनन् । लडाईँ शुरु भयो । मुहर्मको दशौँ दिन हुसेनसहित करिब ७२ जनाले साहदत प्राप्त गरेका थिए ।
साहस र बलिदानको सम्झना महसुस गर्नको लागि मुस्लिम धर्मावलम्बीहरुले ताजीया बनाई शहीदहरुलाई श्रद्धाञ्जलीको रुपमा मुहर्रमको ११ औँ दिन निकाल्ने गरिन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

