Rashtriya Dainik

पर्साको जिराभवानी गाँउपालिकाले १२ अौ गाउँसभा सम्पन्न

राजन कुमार बानिया / पर्सा ,१२ साउन

पर्साको जिराभवानी गाँउपालिकाले १२ अौ गाउँ सभा आर्थिक बर्ष २०८०/०८१ नीति तथा कार्यक्रम बाट ३० करोड ३१ लाख ४८ को अनुमानित बजेट पारित गरि सार्वजनिकरण गाउँपालिका उपाध्यक्ष रेखा चौधरीले गर्नु भएकी छिन।

१२ अौ गाउँ सभा जिराभवानी गाउँपालिका वडा नं ३ जीतपुरमा रहेको बरात भवनमा आयोजित कार्यक्रममा गाउँ सभा कार्यक्रम गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि सेवा निबृत डाक्टर बालकृष्ण चौधरीको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा बोल्दैले भने जनप्रतिनिधिहरु लाई अाग्रह गर्दै भने जनताहरुले अासा र बिश्वासका साथ अाफ्नो मत दिएर जिताएका छन उनी हरुको साथमा बिश्वघात नहोस सबै जातजाति भाषाभाषी लाई समेटेर चलन र कसै संग भेदभाव नगर्न अाग्रह समेत गर्नु भएको थियो ।

बिशिस्ट अतिथि रहनु भएका मधेश प्रदेशका प्रदेश सांसद शंकर प्रसाद चौधरीले भने सघिय र प्रदेशबाट मेरो पहलमा बिकासको लागी ६ करोड भन्दा बढि बजेट यो अार्थिक वर्षमा ल्याएको छु । क्षेत्र का जनता हरुको दुख शुख साथ कान्धमा कान्ध मिलाएर अाफु चलन अाग्रह समेत गर्नु भयो।गाउँपालिका अध्यक्ष अनोज चौधरीले बोल्दै भने राजनितिकर्मीको निति लिएर बिकास कार्य गर्नुभन्दा समाजसेवी भएर बिकासको बाटोमा लाग्नु आवश्यक रहेको बताए। बिकास कार्यमा बाधा अवरोध नगर्न अनुरोध गर्दै एकता बनाएर बिकासको बाटोमा लागे समृद्ध गाउँपालिका बनाउन सकिने अध्यक्ष चौधरीले बताए। आगामी आ.बको निति अन्तर्गत जिराभवानी गाँउपालिकामा कृषि ,सिचाई तर्फ बिषेश बजेट राखिएको छ।

कृषि भएमा शिक्षा र स्वास्थय लगायत अन्य बिकास समभव रहेको बताए । सबै भन्दा पहिला किसानहरु लागि कृषि पोल तार जडानको साथै कृषि मोटर खरिद तथा बितरण कार्यक्रम राखिएको छ। शिक्षा , स्वास्थ्य,पर्यटन प्रबर्द्धन र महिला बालबालिकाको हितमा काम गर्ने मूख्य प्राथमिकतामा राखेको गापा अध्यक्ष चौधरीले जनाए ।। गुणस्तर शिक्षाका लागि कतिपय नया कार्यक्रम थप्प गरिएका छन। एक वडा एक माध्यमिक बिद्यालयको अवधारणा ल्याई हरेक , जाती, धर्म तथा समूदायका बालबालिकाहरुलाई शिक्षामा अनिवार्य पहुच गराउने निति ल्याएका छन। बिद्यालयमा रहेका बिद्यार्थीहरुको अनुपातमा शिक्षक दरबन्दी मिलान गरी सर्वसाधारणहरुमा गुणस्तर शिक्षा प्रदान गरिने निति रहेका छन।

यसका साथै उन्नत पशुपालन, पशु बिमा, बाली बिमा, गोठ तथा भकारी सुधार कार्यक्रम संचालन गरिने बताए । पालिकाका पाचै वडाहरुमा नया कृषि सडक निर्माण गरिने निति रहेका छन। सस्तो दरमा एम्बुलेंस सेवा उपलब्ध गराउने तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेंस सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने र थप्प एक वटा एम्बुलेंस खरिद गरी सेवालाई प्रभाकारी बनाउने निति रहेका छन।

गाँउपालिकाबासीहरुलाई ब्लड बैकबाट निःशुल्क रगत उपलब्ध गराउने सेवालाई निरन्तरता दिने अगामी निति रहेका छन। यसका साथै पर्यटन भित्रियाउन संभावित स्थान जिराभवानी मन्दिर, लाटोमाई, सुगिभार मन्दिर परिसरलाई बिकास गर्ने निति रहेका छन। साथै संभावित स्थानको मूल्याकंन गरी भ्यू टावरको निर्माण समेत गरिने निति रहेका छन। अगामी बर्षमा जिल्लाकै ठूलो खेल परसवा गोल्डकप आयोजना गरिने निति लिएका छन। २०८०/८१ को लागि बितिय समानिकरण ९ करोड ४२ लाख,सशर्त चालू ११ करोड २४लाख,सशर्त पुजिगत ९० लाख,विशेष अनुदान १करोड,समपुर्क अनुदान ५०लाख,राजस्व बाँडफाँड ५करोड४५ लाख ,प्रदेश सरकार अनुदान वितिय समानिकरण६५लाख४८ हजार,विशेष अनुदान ३० लाख,समपुरक अनुदान २० लाख,अान्तरिक अाय ५० लाख,अान्तरिक राजस्व १५ लाख गरि ३० करोड ३१ लाख ४८ हजार बराबर को बजेट पारित गरि सार्वजनिकरण गरिको छ।गाउँ सभा कार्यक्रममा गाउँपालिका को प्रमुख प्रसाशकिय अधिकृत अमित गिरी, वडाध्यक्ष रामशरण ख्वास, महादेव महतो थारु, सुरज राय, दारा सिंह राउत थारु, कार्यपालिका सदस्य सरोज चौरसिया, रुना माझी मुस्हर, बसन्ती देवी वडा सदस्य समाजसेबी सत्यनारायण साह कानु ,लगायत शुभकामाना मन्तव्य व्यक्त गरेका थिए।

गाउँ सभामा जिराभवानी गाउँपालिकामा राम्रो काम गरेका उत्कृष्ट ५ जना किसान हरु लाई नगद र स्प्रेटंकी दिएर सम्मानित गरिएको थियोे । एसईई परीक्षामा पास भएका गाउँपालिका भरिका छात्र,छात्राहरुलाई सम्मानित गरिए थियो। गाउँपालिकामा उत्कृष्ट काम गरेकोमा एक जना प्रअ , एक जना बि फार्मा पढने बिधार्थी,एक जना खेलाडी , कर्मचारी र पत्रकार ,सुरक्षाकर्मीहरुलाई सम्मानित गरिएको थियो। कार्यक्रममा कार्यपालिका सदस्य ,महिला सदस्य ,पुरुष सदस्य ,पत्रकार , सुरक्षाकर्मी,कर्मचारी लगायतका उपस्थिति रहेका थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित