अारपि उपाध्याय / नवलपरासी , १२ साउन
इस्लामिया जामा मस्जिद संरक्षण संस्था बिनयी त्रीबेणी ७ बनकट्टी नवलपुरको प्रथम साधारणसभा तथा प्रथम अधिबेशन बिहिवार एक समारोहका बिच सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष मुनिर अन्सारीको अध्यक्षता तथा ओल्मा काउन्सिल नेपालको केन्द्रिय अध्यक्ष मैलाना सैयद गुलाम हुसेनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा केन्द्रिय अध्यक्ष मैलाना हुसेन ले राष्ट्रियता एकता र अखण्डतालाई बलियो बनाउन सकिए धर्म संस्कृति पनि बलियो हुने धारणा राख्नु भयो । उहाले मुस्लिम समुदायका बच्चा अहिले पनि शिक्षामा पछि रहेकोमा अब मुस्किल समुदाय का बालबालिका शिक्षाको क्षेत्रमा अग्रस्थानमा हुने पनि जिकिर गर्नु भयो ।केन्द्रिय अध्यक्ष मैलाना ले अब नेपाल मा छिट्टै मुस्लिम बिश्वबिद्धालय खोलिने र सोका लागि कपिलवस्तु जिल्ला बिजयनगर गाउपालिकामा बिश्वबिद्धालय का लागि १८ बिगहा जग्गा को ब्यवस्था गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा समाजसेवी बिरबहादुर ठकुरी , आ.र पी उपाध्याय लगायतले अधिबेशन र साधारण सभाको सफलताको शुभकामना मनतव्य ब्यक्त गर्नुभएको थियो । संस्थाका बरिष्ठ सदस्य जमालोद्दिन अन्सारीको स्वागत मनतव्य बाट प्रारम्भ भएको कार्यक्रमलाई मौलाना खुस्बुद्दिन मियाले सञ्चालन गर्नु भएको थियो ।
सम्पन्न अधिबेशनले मुनिर अन्सारीको अध्यक्षतामा ११ सदस्यि नया कार्यसमिति सर्व सम्मत चयन भएको छ । जस्को उपाध्यक्षमा अहमद मिया, सचिवमा सकुर अन्सारी , सह सचिवमा वकिल मिया , कोषाध्यक्ष मा जमालोद्दिन अन्सारी चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा सफालोद्दिन अन्सारी, नेक मोहम्मद अन्सारी, जमिर अन्सारी, ईर्साद अन्सारी , हस्बुन नेशा , सकिन खातुन चयन हुनुभएको छ । सल्लाहकारहरुमा जलिमुन नेशा , खुस्बु नेशा, नेसरुल्लाह अन्सारी, अफजल मिया रहनुभएको बताईएको छ ।

कार्यक्रममा नेपाल प्रहरी सशस्त्र प्रहरीका जुनियर अधिकृत र राजनिती दलका नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेकोे थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

