Rashtriya Dainik

क्यान्सर पीडितको उपचारका लागि एक लाख आर्थिक सहयोग

ज्ञानेश्वर सहानी / नवलपरासी / साउन १०

पश्चिम नवलपरासीमा युवा सामाजिक विकास संस्थाले आर्थिक सहयोग सङ्कलन गरी एक क्यान्सर पीडित बालकलाई उपचारका लागि एक लाख आर्थिक सहयोग प्रदान गरिएको छ ।

प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने सुबास प्रजापतीको कान्छो छोरा अमर प्रजापतीलाई घाटिमा क्यान्सर भएको थियो भने ठुलो छोरा लाई दुईबाट हात भाचेको युवा सामाजिक विकास संस्थाले क्यान्सर पीडितलाई बचाउ अभियानबाट रकम जुटाएर हस्तारन्तण गरेको अध्यक्ष राम किपाल गुप्ताले जानकारी दिए ।

“पैसाको अभावमा कान्छो छोरालाई क्यान्सर उपचारको लागि लगभग १२ लाख लाग्छ भन्ने कुरा सुनेर बुबा सुबास प्रजापतिको हृदयाघात ‘Heart_Attact ले मृत्यु भएको हो ।

युवा सामाजिक विकास संस्थाले उपचारमा सहयोग गर्न हामीले गाउँपालिका , पसल , सघ संस्थाबाट आर्थिक सङ्कलन अभियान सञ्चालन गर्दै आएका थियौँ”, अध्यक्ष राम किपाल गुप्ताले भने, “गाउँ चोकेबाट सञ्चालन गरिएको अभियानबाट जम्मा भएको एक लाख २ हजारले उपचारको लागि बि पि कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन मा उपचार गरिएको छ ।”

अभियानमा जिल्ला भित्र रहेको नेपालीबाट सहयोग जुटेको उहाँले जानकारी दिनुभयो । “पैसा नभएर नै उहाँ उपचार गर्न अस्पतालसम्म जान नसक्नु भएको रहेछन्, अस्पताल जानका लागि खर्च अभावमा छटपटी रहनुभएको भन्ने सुन्यौँ”, अध्यक्ष गुप्ताले भन्नुभयो, “उहाँलाई मृत्युबाट जोगाउन जसरी पनि केही गर्नुपर्छ भन्ने लागेर हामीले अभियान थालेका हो ।

घाटिमा क्यान्सर भएका पीडित बालक परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको छ । अभियान क्रममा बिदेशबाट पनि सहयोग आएको जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित